ट्रेंडिंग:

>> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो

लायन्स स्टार्सद्वारा शैक्षिक सामग्री तथा ड्रेस सहयोग

२० फाल्गुन २०८१, मंगलवार
२० फाल्गुन २०८१, मंगलवार

बुटवल, २० फागुन ।

लायन्स क्लब अफ बुटवल स्टार्सले गुल्मीको एक विद्यालयलाई स्टेशनरी सामग्री र विद्यार्थीहरूलाई ड्रेस सहयोग गरेको छ। लायन्स ईन्टरनेशनलको ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल नारासहित स्थापना भएको तथा ग्लोबल कज अन्तर्गत युथ शीर्षकमा क्लबले गुल्मीको धु्रर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा रहेको सोमर भोमर माध्यमिक विद्यालयमा स्टेशनरी २ सय विद्यार्थीहरूलाई स्कुल ड्रेस, स्वीटर र स्पोर्ट्स सामग्री सहयोग गरेको हो।

सोमबार एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र वडा अध्यक्ष पदम बहादुर बिष्टलाई सामग्री हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोख्रेलले सामाजिक संस्था स्टार्सले समाजमा गरेका मानवीय सेवाका कार्य अनुकरणीय रहेको बताउँदै सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए। स्टार्स क्लबले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर प्रशंसनीय कार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रमका लायन्स ईन्टरनेशनल ३२५ पी का जीएसटी कोऑर्डिनेटर आशिष कृष्ण श्रेष्ठले विगतबाट नै विकट क्षेत्रका विद्यालयहरूलाई सहयोग अभियान चलाउँदै आएको बताए। सानो सहयोगबाट विद्यार्थीहरूलाई पढाइमा हौसला मिल्ने उनले दाबी गरे।

क्लब अध्यक्ष अर्यालले न्यूनतम आवश्यकताको अभावमा विद्यालय जानबाट वञ्चित बालबालिकाको सहारा बनेको क्लबले विभिन्न स्थानमा न्यूनतम आवश्यकताको अभावमा विद्यालय जानबाट वञ्चित बालबालिकालाई विद्यालय पुग्ने वातावरण तयार गर्नुका साथै बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणमा समर्पित हुँदै विभिन्न कार्यक्रम गर्दै आएको बताए।

त्यस्तै, कार्यक्रममा निबर्तमान अध्यक्ष रिन्कु लिगल, सदस्य हरि पोखरेल केसी, वडा सदस्य चक्र सुन्दर काउचा, विद्यालय व्यवस्थापन समिती अध्यक्ष भुपेन्द्र बहादुर काउचा, प्रअ कृष्ण बहादुर काउचा लगायतले बोलेका थिए। संयोजक कमलेश कसौधले वार्षिक कार्ययोजना अनुरुप सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ड्रेस तथा स्टेशनरी सामग्री वितरण गरिएको र विद्यालय तथा विद्यार्थीहरूलाई करिब रु २ लाख बराबरको सामग्री वितरण गरेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?