Butwal Today

टिचिङ अस्पताल अस्पतालमा पानी आपूर्ति रोकिएकाले सेवा प्रभावित

२० फाल्गुन २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, २० फागुन ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा २४ घण्टादेखि पानी आपूर्ति बन्द भएको छ। यसले अस्पतालका बिरामी, बिरामीका परिवारजन, डाक्टर, नर्स र कर्मचारीलाई कठिनाईमा पारेको छ। अस्पतालका प्रशासक सरस्वती गुरुङका अनुसार, पानीको आपूर्ति नहुँदा सरसफाइ र उपचार सेवामा गम्भीर प्रभाव परेको छ।

अस्पताल परिसरको बोरिङ्ग प्रणालीले पानी तान्न सकिरहेको छैन र खानेपानीको पाइपबाट पनि नियमित आपूर्ति भइरहेको छैन। पानीको अभावका कारण अस्पतालको स्वच्छता पनि प्रभावित भएको छ, जसका कारण उपचारमा समेत समस्या उत्पन्न भएको छ।

अस्पतालका कर्मचारीका अनुसार, “अप्रेसन पनि रोकियो जस्तो छ।” त्रिवि शिक्षण अस्पताललाई केयूकेएलको महाराजगञ्ज शाखाबाट पानी आपूर्ति गरिन्छ, जहाँ अस्पतालको पानी आपूर्तिको लागि दुई इञ्चको पाइप प्रयोग गरिन्छ।केयूकेएल स्रोतका अनुसार, पानी आपूर्ति बन्द भएको कुरा थाहा छैन र यदि समस्या रहेको छ भने त्यसको समाधान तुरुन्त पहल गरिने बताइएको छ।पानीको समस्या समाधानका लागि छलफल भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?