ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

अपराधजन्य घटना नियन्त्रण गर

२० फाल्गुन २०८१, मंगलवार
२० फाल्गुन २०८१, मंगलवार

पछिल्लोसमय मुलुकभर अपराधजन्य घटनामा अस्वाभाविक रूपमा बृद्धि भैरहेको छ । हत्या, लूटपाट, चोरी, डकैतीजन्य घटना अहिले सामान्य भैसकेको छ । संघीय राजधानी काठमाण्डौंमा समेत दिउँसै गोली प्रहारबाट सामान्य नागरिकको ज्यान गएको छ । यी घटनालाई सामान्यरूपमा लिन सकिदैन् । मुलुकमा अराजकता, अस्थीरता, विद्वेष निम्त्याउने प्रयास भैरहेका छन । पछिल्लोसमय रूपन्देहीको मायादेवी गाउँपालिका–२ मा एक युवकको हत्या भएको छ । यो पछिल्लो उदाहरणमात्रै हो । नेपाल भारत खुला सिमाका कारण उपराधका घटनामा ठूलो बृद्धि भएको छ । अपराधजन्य घटनामा बदलाको द्वेष र प्रतिशोध बढ्दै गएको छ । दैनिक भैरहेका घटनाक्रमले देशका विभिन्न स्थानमा आपराधिक मनोबृत्तिले प्रश्रय पाएको अनुभूति हुँदैछ । रूपन्देहीको सियारी गाउँपालिकाका विभिन्न वडामा पछिल्लोसमय चोरी र डकैतीका घटनामा बढोत्तरी भएको छ । बलात्कारका घटना दैनिकजसो सुन्नुपर्ने नियति नेपालीहरूले भोगिरहेको अर्को दुःखद पक्ष हो । घटनामा संलग्नलाई कारवाहीको साटो सत्ता र शक्तिको आडमा उन्मुक्ति दिने जुन परिपार्टी वसिरहेको छ–त्यसले मुलुकमा अराजकता र दण्डहीनता बढाउन झनै बल प्रदान गरेको छ । सरकार तथा सत्ता नजिक भएकाहरूले शक्तिको आडमा गरिरहेका आपराधिक घटना प्रशासनले ढाकछोप गर्दै आएको छ । जसको पछिल्लो शिकार देशका विभिन्न स्थानमा भएका बलात्कार लगायतका विभिन्न घटनाले पुष्टी गरेका छन् । सत्ताधारी दलको भएपछि अपराध गरेपनि मुक्ति पाईने गलत सोच बसेको छ । जसका कारण अहिले मुलुकमा दण्डहीनता बढेको छ । फलस्वरूप देशका मूख्य र सम्वेदनशील स्थानमा पनि बढ्दो अपराधजन्य घटना नियन्त्रणले प्रश्रय पाईरहेको छ । त्यसमाथि खुला सिमाका कारण तराईमा अवैध र अप्रिय घटना भैरहेका छन् । जसको फाईदा आपराधीक तत्वले लिइरहेको छ ।

पटक पटक हुने यस प्रकारका घटनाले शान्ति सुरक्षामाथि पुनः प्रश्न उत्पन्न भएको छ । सरकारले सुरक्षा व्यवस्था प्रभावकारी वनाएको वताएपनि आपराधीक श्रृंखलामा बढोत्तरी भएको छ । त्यसो त यो सरकारको कार्यकालमा मात्रै होइन, श्रृंखलाबद्ध अपराधजन्य घटना धेरै पहिलेदेखि हुँदै आएको । केवल कमबेसीको कुरामात्रै हो । फरक यत्ति हो अहिले धेरै अपराधजन्य घटना भएका छन् । जसमा सर्वसाधारण नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ । सरकार अपराधका घटना नियन्त्रणमा असफल हुँदै गएको हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । गृह मन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गरेपनि काठमाण्डौं समेत सुरक्षित छैन भन्ने पछिल्लो घटनाक्रम र उदाहरणले नेपालका दूरदराजका क्षेत्रमा कस्तो अवस्था होला ? सजिलै अनुमान गर्नमात्रै सकिन्छ । यही रूपन्देही जिल्लामा हत्या र लूटपाट तथा चोरीका घटनामा बृद्धि भएको छ । मोटरसाईकल चोरी अहिले सामान्य जस्तै बनेको छ । त्यसमाथि ठगीजन्य अपराधले सिमा नाघेको छ । सरकार र मातहतको प्रहरी प्रशासनले यस प्रकारका घटना नियन्त्रणमा बेलैमा सचेत हुन सकेन भने भोलीका दिनमा ठूलो समस्या निम्तिन सक्छ । यसर्थ सरकार यस प्रकारका घटना न्यूनिकरण र नियन्त्रणमा बेलैमा सचेत हुनु जरुरी छ ।
सरकारले देशको सुरक्षा व्यवस्था मजबुत रहेको दावी गर्दै आएको छ । गृहमन्त्री रमेश लेखकले छिटफुट घटनाबाहेक सरकारले अपराधजन्य घटना नियन्त्रण गरेको दावी गरेका छन । तर, यो दावीमात्रै हो किनभने सामाजिक सञ्जाल र सञ्चार माध्यमले मुलुकमा अपराध बढेको, अपराधजन्य घटनाको निरन्तर फेहरिस्त प्रस्तुत गरिरहेका छन् । सरकारले सुरक्षा व्यवस्था चुस्त वनाउनेतर्फ पहल गर्नु जरुरी छ । हत्या, चोरी र डकैतीका घटनाले निरन्तरता पाउँदै गर्दा नियन्त्रणमा सरकारको ढिलासुस्ती देखिएको छ । तसर्थ अवको दिनमा जनताले सुरक्षित भएर बाँच्न पाउने अवस्थाको सिर्जना गर्नेतर्फ ध्यान जाओस् । जनताको सुरक्षामाथि खेलवाड नगरियोस् । यो बिषयमा सरकारको ध्यान पुगोस् । अपराधका घटना नियन्त्रण राज्यको चुनौति वनिरहेको अवस्थामा भोलिका दिनमा नागरिकले ढुक्कसंग बाँच्न पाउने वातावरण वनाउनेतर्फ राज्यको ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?