Butwal Today

२९ सय अंक नाघेपछि नेप्से परिसूचक घट्यो

१९ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौं, १९ फागुन ।

सोमबार सेयर बजार २९ सय अंक नाघेर केही समयपछि झरेको छ। कारोबार सुरु भएको चार मिनेटमै बजारले २९२९ अंक छुई, तर त्यसपछि बजारमा उतारचढाव देखा पर्यो। अपराह्न १:०६ बजेसम्म बजारले २९ सय अंकको विन्दु कायम राख्न सकेन र अघिल्लो दिनको तुलनामा १३.६१ अंक घट्दै नेप्से परिसूचक २८७६ अंकमा समाहित भएको छ।

यो गिरावटपछि, बजारमा करेक्सनको संकेत देखिएको छ, जुन फागुन १ देखि लगातार बढेको बजारको पहिलो पटक घटावट हो।बजार घट्दा कारोबार रकम भने सामान्य रुपमा बढेको छ। अघिल्लो दिनको १४ अर्ब २५ करोडको कारोबारको तुलनामा आज १४ अर्ब २८ करोडको कारोबार भएको छ।

५१ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घट्यो। यसैगरी, बैंकिङ, विकास बैंक, फाइनान्स, होटल, हाइड्रोपावर, लगानी, व्यापार र माइक्रोफाइनान्सका क्षेत्रका कम्पनीहरूको मूल्यमा गिरावट आएको छ।

यस दिन, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ। अन्य कम्पनीहरूको पनि मूल्य वृद्धि भएको छ भने समाज लघुवित्तको मूल्य १० प्रतिशत घटेको छ। सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ, जसको कारोबार रकम १ अर्ब ३८ करोड पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?