© 2026
बुटवल, १९ फागुन ।
पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रको प्रारम्भिक साधारणसभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनबाट नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
जसको अध्यक्षमा देवबहादुर कुँवर बरिष्ठ उपाध्यक्षमा इन्द्रजित थापा, उपाध्यक्षमा सुनिता रसाइली, महासचिवमा नरहरि भुसाल, सचिवमा एकराज पौडल, कोषाध्यक्ष मेखबहादुर शाही, सदस्य तथा प्रवक्ता दिनेश घिमिरे रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रेम प्रसाद शेरचन, जित बहादुर कुँवर, गिता के.सी, होम बहादुर बि.क, डिलाराम रेग्मी, गामुध्वज मल्ल, गंगा प्रसाद गुरुङ, कृष्ण प्रसाद घिमिरे, देबी शाही, मुम बहादुर घर्ती मगर, कृष्ण कुमारी आचार्य, मिना वि.क, गिर बहादुर कार्की, मतिलाल घर्ती रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि कृष्णमान कुँवरले बाग्लुङ बाट रुपन्देहीमा बसोबास गर्ने सम्पूर्णलाई समेटेर अगाडि बढन आग्रह गरे । बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसि गाउँपालिका, तमान गाउँपालिकाबाट रुपन्देहीका विभिन्न पालिकाभित्र बसोबास गर्ने पश्चिम् बाग्लुङका सबै घरपरिवारलाई समेट्न पर्ने कृष्णमान कुवरले बताए ।
कार्यक्रममा भक्त बहादुर खड्का, नर बहादुर घर्ती मगर, कृष्ण प्रसाद शर्मा, धनि प्रसाद शर्मा लगायतले पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रको रुपन्देहीमा आवश्यक रहेको महसुस गर्दै संस्था जन्मनु भन्दा संस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष देव कुवरले आफ्नो टिमले कुनै क्षेत्र जातजाति समुदाय नभनी निस्वार्थ काम गर्ने बताउँदै बाग्लुङ र रुपन्देहीका सबै पालिकासंग समन्वय र सहकार्य गर्दै कृषि, पर्यटन, शिक्षा ब्यवसाय लगायतका कुरालाई अगाडि बढाउने बताए । ढोरपाटन समुद्री सतहबाट २ हजार ८ सय ५० देखि ५ हजार मिटरसम्मको उचाइमा अवस्थित ढोरपाटन प्राकृतिक सम्पदाको अनुपम र रमणीयस्थलको रूपमा रहेको ढोरपाटन शिकार आरक्षको उत्तरी सिमानामा पृथा चुरेन र गुर्जा हिमाल रहेका छन् ।
१३२५ वर्गकिलोमिटरमा फैलिएको ढोरपाटनमा स्वदेशी तथा विदेशी पर्यटकहरूले शिकार गरी मनोरञ्जन प्राप्त गर्ने गरेका छन् । शि(कार खेल्नका लागि सातवटा ब्लकको व्यवस्था गरिएको छ, जसमा सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ रहेका छन् । माथिल्लो भागमा चरण क्षेत्र (खर्क)ले करिब ५० प्रतिशतभन्दा बढी भाग ओगटेको छ ।
नीलो भेडाका लागि प्रसिद्ध ढोरपाटन शिकार आरक्षमा चितुवा, घोरल, बँदेल, बाघ, भालु, लङ्गुर, मुसा, खरायो आदि पाइन्छ भने लोपोन्मुख जनावरहरू कस्तुरी, मृग, ब्वाँसो, रेडपान्डा आदि पाइन्छन् । लोपोन्मुख चराहरूसमेत यहाँ पाइन्छ । सदावहार चिसो प्रकृतिको वातावरण पाइने यस क्षेत्रमा वसन्त ऋृतुमा घुम्नका लागि उपयुुक्त मानिन्छ । फागुने ब्लकमा पर्ने उत्तरगंगामा हरेक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्छ ।
धवलागिरी हिमालबाट सुरु भएको सानो भेरी नदीको किनारमा रहेको यस क्षेत्रमा उत्तरगंगा बराह मन्दिरसहित २२ धारा पनि रहेका छन् । यस क्षेत्रमा जानका लागि बाटो तथा सवारीसाधनको व्यवस्था छ । प्राकृतिक साौन्दर्यताको अनन्त खानीको रूपमा ढोरपाटनलाई लिइन्छ । यस क्षेत्रको विकास गर्न सके नेपालमा सामाजिक, आर्थिक रूपान्तरणमा ठूलो योगदान पुग्ने विश्वास गरिन्छ । यसका लागि कानुनी व्यवस्थापकीय पक्षको साथमा दृढ सङ्कल्पका साथ काम गर्ने नेतृत्वको खाँचो छ ।
कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष मेग बहादुर शाहीले प्रस्तुत गरेका थिए भने अध्यक्षको प्रतिवेदन अध्यक्ष देव कुवरले प्रस्तुत गरेका थिए । महासचिवको प्रतिवेदन महासचिव नरहरी भुसाल दिपकले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नद्रजित थापा, महासचिव नरहरि भुसाललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।