Butwal Today

काठमाण्डौ महानगरपालिकाका ३ हजार ५ सय भन्दा धेरै कर्मचारी र शिक्षकको तलब ३ महिनादेखि रोकियो

१९ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका ३,५०० भन्दा बढी कर्मचारी र शिक्षकको तलब मङ्सिर महिनायता रोकिएको छ। पुसको दोस्रो हप्तादेखि प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्दा तलब–भत्तालगायत ७० करोड रुपैयाँ बराबरको भुक्तानी रोकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको हो।

महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको ‘भ्यु टावर’ को नक्शा स्वीकृतिको विषयमा अनुसन्धान थालेपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिदामा बस्नुभएको थियो। यसकारण, आर्थिक अधिकार नदिइएको र अर्को कार्यकारी अधिकृत नपठाइएका कारण समस्याले उग्र रूप लिएको सचिवालयको दाबी छ।

यसै विषयमा मेयर शाहले शुक्रवार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै फेसबुकमा स्टाटस लेख्नुभएको थियो।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता भने यस विषयमा प्रतिक्रिया दिँदै भन्नुभयो कि महानगरपालिकाले बिदामा राखेका कर्मचारीलाई अर्को कर्मचारी खटाउन सक्ने अवस्था छैन। मन्त्री गुप्ताले थप जानकारी दिँदै बताए कि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न बनाएको समितिको प्रतिवेदन प्राप्त गर्न बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?