© 2026
काठमाडौँ ।
पत्रकार गणेश पाण्डेद्वारा सम्पादित पुस्तक ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ को आज काठमाडौँमा लोकार्पण गरिएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यस पुस्तकको लोकार्पण गर्नुभएको हो।
यो पुस्तक प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको लोकतन्त्र प्राप्तिका लागि गरेका सङ्घर्ष, देशको समृद्धिका लागि देखिएका सपना, र उहाँको नेतृत्वदायी पहललाई समेटेर तयार गरिएको हो
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, र सामाजिक व्यक्तित्वहरूका लेख र रचनाहरू पनि समावेश गरिएको छ। यो पुस्तक अल्केमी प्रकाशनले प्रकाशित गरेको हो।