Butwal Today

सुनचाँदीको मूल्य आज स्थिर

१९ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन प्रतितोला यहि मुल्यमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?