© २०२३
रोल्पा, १७ फागुन ।
रोल्पाका विभिन्न स्थानीय तहहरूमा कुकुरको बन्ध्याकरण शिविर संचालन गरिएको छ । जिल्लाका रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा सो शिविर संचालन गरिएको हो ।
रेविज रोग नियन्त्रणका लागि सामुदायिक सडक कुकुर र घरपालुवा कुकुरको बन्ध्याकरण गरिँदै आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले जनाएको छ । एक्काइसौं शताव्दीमा समेत रेविजका कारण मान्छेले ज्यान गुमाउनु परिरहेको अवस्था रहेकाले रेविज नियन्त्रणका लागि यस्तो अभियान थालिएको बताइन्छ । नेपालमा रेविजबाट ज्यान गुमाउनेमा अधिकांश वालवालिका रहेको वताईन्छ ।
शुरुमा भुस्याहा कुकुर नियन्त्रणको नाममा नगरपालिकाहरूले यस्ता सामुदायिक सडक कुकुरलाई विष खुवाएर अमानवीय तरिकाले मार्ने गर्दथे । त्यसरी कुकुर मार्ने कुराले मानवीय सम्वेदनशिलता माथि नै प्रश्न उठेपछि कुकुर व्यवस्थापन गर्न थालिएको हो । कुकुर मारेर रेविज पनि नियन्त्रण भएन सडक कुकुर व्यवस्थापनमा प्राविधिक सहयोग गर्दै आएको संस्था हार्टका प्रमुख खगेश्वर शर्माले भने । नेपालमा सर्वोच्च अदालतले कुकुर लगायत कुनै पनि पशुपंक्षी मार्न नपाईने फैसला गरेसँगै कुकुर व्यवस्थापनको विकल्प अघि आएको हो । सर्वोच्च अदालतको फैसला पछि सडक सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण गर्न थालिएको बताईन्छ । नेपालमा सन् २००४ साल देखी कुकुरमा वन्ध्याकरण गर्न थालिए पनि यसको सेवा विस्तार हुन सकेको छैन । कुकुर वन्ध्याकरण गर्दा कुकुर नै लोप हुने हो की भन्ने भ्रम छ तर अहिले सम्मको अध्ययनले कुकुर लोप हुदैन भन्ने तथ्य आएको छ हार्टका प्रमुख शर्माले भने ।
नेपाल सरकारले सन् २०३० सम्म कुकुरको टोकाईवाट हुने रेविजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । रेविज नियन्त्रणका लागि सामुदायिक कुकुरको वन्ध्याकरण एक महत्वपूर्ण विकल्प हो भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शंकर न्यौपानेले भने । कुकुरलाई विष खुवाएर मार्ने कुरा अमानवीय त छदै छ नेपालको सन्दर्भमा गैर कानूनी पनि भएकाले सामुदायिक सडक कुकुर नियन्त्रणको अहिलेसम्म देखिएको विकल्प मध्ये वन्ध्याकरण नै उत्तम विकल्प हो डा. न्यौपानेले भने ।
अघिल्लो वर्ष जिल्लाका त्रिवेणी र रुन्टीगढी गाउँपालिकामा उक्त शिविर संचालन भएको थियो । सो शिविरमा ३५० सडक सामुदायिक र घरपालुवा कुकुरको वन्ध्याकरण गरिएको विज्ञ केन्द्रले जानकारी दिएको छ । चालु आर्थिक वर्ष जिल्लाका रोल्पा नगरपालिका र परिवर्तन गाउँपालिकामा समेत शिविर संचालन गरिने कार्यक्रम रहेको विज्ञ केन्द्रले जनाएको छ । जस अनुसार रोल्पा नगरपालिकाको लिवाङमा फाल्गुन १६ देखी १८ गतेसम्म शिविर संचालन भएको छ । यसैगरी परिवर्तन गाउँपालिकाको पुतलाचौरमा फाल्गुन १९ देखी २१ गते सम्म शिविर संचालन हुनेछ । जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा फाल्गुन २२ र २३ गते तथा त्रिवेणी गाउँपालिकाको जुगारमा फाल्गुन २४ देखी २६ गते सम्म शिविर संचालन गरिने विज्ञ केन्द्रले जानकारी दिएको छ । ती शिविरहरूवाट ६ सय भन्दा वढी सामुदायिक सडक तथा घरपालुवा कुकुरको साथै विरालोको वन्ध्याकरण हुने विज्ञ केन्द्र रोल्पाले जानकारी दिएको छ । शिविरको आयोजना भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले गरेको छ भने स्थानीय तहहरूले सहकार्य गर्दै आएका छन । उक्त शिविरमा ३ जना सर्जनहरूले वन्ध्याकरण गरिरहेको वताईन्छ ।
कुकुर वन्ध्याकरण कार्यक्रमको एक कार्यक्रमको वीच रोल्पा सदरमुकाम लिवाङवाट शुभारम्भ गरिएको थियो । रेविज नियन्त्रणका साथै कुकुर आतंकवाट वच्नका लागी समेत वन्ध्याकरण महŒवपूर्ण हुने वताइएको छ ।