ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

रोल्पामा कुकुरलाई बच्चा बनाउन छैन छुट !

१८ फाल्गुन २०८१, आइतबार
१८ फाल्गुन २०८१, आइतबार

रोल्पा, १७ फागुन ।
रोल्पाका विभिन्न स्थानीय तहहरूमा कुकुरको बन्ध्याकरण शिविर संचालन गरिएको छ । जिल्लाका रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा सो शिविर संचालन गरिएको हो ।

रेविज रोग नियन्त्रणका लागि सामुदायिक सडक कुकुर र घरपालुवा कुकुरको बन्ध्याकरण गरिँदै आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले जनाएको छ । एक्काइसौं शताव्दीमा समेत रेविजका कारण मान्छेले ज्यान गुमाउनु परिरहेको अवस्था रहेकाले रेविज नियन्त्रणका लागि यस्तो अभियान थालिएको बताइन्छ । नेपालमा रेविजबाट ज्यान गुमाउनेमा अधिकांश वालवालिका रहेको वताईन्छ ।
शुरुमा भुस्याहा कुकुर नियन्त्रणको नाममा नगरपालिकाहरूले यस्ता सामुदायिक सडक कुकुरलाई विष खुवाएर अमानवीय तरिकाले मार्ने गर्दथे । त्यसरी कुकुर मार्ने कुराले मानवीय सम्वेदनशिलता माथि नै प्रश्न उठेपछि कुकुर व्यवस्थापन गर्न थालिएको हो । कुकुर मारेर रेविज पनि नियन्त्रण भएन सडक कुकुर व्यवस्थापनमा प्राविधिक सहयोग गर्दै आएको संस्था हार्टका प्रमुख खगेश्वर शर्माले भने । नेपालमा सर्वोच्च अदालतले कुकुर लगायत कुनै पनि पशुपंक्षी मार्न नपाईने फैसला गरेसँगै कुकुर व्यवस्थापनको विकल्प अघि आएको हो । सर्वोच्च अदालतको फैसला पछि सडक सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण गर्न थालिएको बताईन्छ । नेपालमा सन् २००४ साल देखी कुकुरमा वन्ध्याकरण गर्न थालिए पनि यसको सेवा विस्तार हुन सकेको छैन । कुकुर वन्ध्याकरण गर्दा कुकुर नै लोप हुने हो की भन्ने भ्रम छ तर अहिले सम्मको अध्ययनले कुकुर लोप हुदैन भन्ने तथ्य आएको छ हार्टका प्रमुख शर्माले भने ।

नेपाल सरकारले सन् २०३० सम्म कुकुरको टोकाईवाट हुने रेविजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । रेविज नियन्त्रणका लागि सामुदायिक कुकुरको वन्ध्याकरण एक महत्वपूर्ण विकल्प हो भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शंकर न्यौपानेले भने । कुकुरलाई विष खुवाएर मार्ने कुरा अमानवीय त छदै छ नेपालको सन्दर्भमा गैर कानूनी पनि भएकाले सामुदायिक सडक कुकुर नियन्त्रणको अहिलेसम्म देखिएको विकल्प मध्ये वन्ध्याकरण नै उत्तम विकल्प हो डा. न्यौपानेले भने ।

अघिल्लो वर्ष जिल्लाका त्रिवेणी र रुन्टीगढी गाउँपालिकामा उक्त शिविर संचालन भएको थियो । सो शिविरमा ३५० सडक सामुदायिक र घरपालुवा कुकुरको वन्ध्याकरण गरिएको विज्ञ केन्द्रले जानकारी दिएको छ । चालु आर्थिक वर्ष जिल्लाका रोल्पा नगरपालिका र परिवर्तन गाउँपालिकामा समेत शिविर संचालन गरिने कार्यक्रम रहेको विज्ञ केन्द्रले जनाएको छ । जस अनुसार रोल्पा नगरपालिकाको लिवाङमा फाल्गुन १६ देखी १८ गतेसम्म शिविर संचालन भएको छ । यसैगरी परिवर्तन गाउँपालिकाको पुतलाचौरमा फाल्गुन १९ देखी २१ गते सम्म शिविर संचालन हुनेछ । जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा फाल्गुन २२ र २३ गते तथा त्रिवेणी गाउँपालिकाको जुगारमा फाल्गुन २४ देखी २६ गते सम्म शिविर संचालन गरिने विज्ञ केन्द्रले जानकारी दिएको छ । ती शिविरहरूवाट ६ सय भन्दा वढी सामुदायिक सडक तथा घरपालुवा कुकुरको साथै विरालोको वन्ध्याकरण हुने विज्ञ केन्द्र रोल्पाले जानकारी दिएको छ । शिविरको आयोजना भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले गरेको छ भने स्थानीय तहहरूले सहकार्य गर्दै आएका छन । उक्त शिविरमा ३ जना सर्जनहरूले वन्ध्याकरण गरिरहेको वताईन्छ ।
कुकुर वन्ध्याकरण कार्यक्रमको एक कार्यक्रमको वीच रोल्पा सदरमुकाम लिवाङवाट शुभारम्भ गरिएको थियो । रेविज नियन्त्रणका साथै कुकुर आतंकवाट वच्नका लागी समेत वन्ध्याकरण महŒवपूर्ण हुने वताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?