ट्रेंडिंग:

>> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह

क्याप्टेन पुजा र कविता बने एक्ट्रा टेक ओभलको ब्रान्ड एम्बेसडर

ब्यवसायिक र घरानाहरुबाट खेलाडी प्रोत्साहनमा जोड दिन क्यानका उपाध्यक्ष रोशन सिंहको आग्रह
१८ फाल्गुन २०८१, आइतबार
१८ फाल्गुन २०८१, आइतबार

बुटवल, १८ फागुन । नीजि क्षेत्रबाट निमार्णधिन रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको सद्भावना दुतमा दुई जना महिला खेलाडीहरु अनुबन्ध भएका छन । नेपाली यु–१९ महिला क्रिकेट टिमका क्याप्टेन पुजा महतो र कविता कुँवरलाई एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको सद्भावना दुतमा अनुबन्ध गरिएको हो ।

आईतबार एक समारोहका बिच नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहको उपस्थितिमा दुई खेलाडीलाई स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले सम्झौतापत्र हस्तान्तरण गरे । प्रबन्ध निर्देशक कुवँरले यो अनुबन्ध दुई वर्षका लागि गरिएको बताए । यसअघि पूर्व क्रिकेटर शक्ति गौचनलाई अनुबन्ध गरिएको भन्दै उनले खेल पूर्वाधारमा खेलाडीहरुलाई जोड्ने गरि यो अभियान चलाएको बताए । नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको भन्दै उनले खेलाडीहरुलाई आवश्यक सहयोगका लागि आफु सधै तैयार रहेको बताए ।

कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहले नेपालको खेल क्षेत्रमा बिनोद कुवरबाट जस्ता युवाहरुको योगदानकै कारण खेल क्षेत्रको भविष्य बन्ने दाबी गरे । ‘खेलमा ब्यवसायिक तवरका नया काम भएको छ ।’–उनले भने । पुर्वाधार विकाससंगै खेल गतिविधिका काममात्र नभई महिला खेलाडीहरुलाई जोड्ने नया ढंगबाट यो अभियान शुरु भएको उनले बताए । छोटोसमयमा पुर्वाधार विकासको कामको प्रगति नया र उत्कृष्ट ढंगमा हुदा आफु चकित परेको बताए । रात्रिकालिन खेल खेलाउन मिल्ने गरि पाच वटा फ्लड लाईट जडान गर्ने उत्कृष्ट र ईतिहास रच्ने काम भएको उनले बताए । देशमा सयौ ब्यवसायिक घरानाहरु रहेको भएपनि खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने काममा न्यून संख्याबाट मात्र योगदान भएको उनले दुखेसो ब्यक्त गरे । ‘खेलाडीहरुलाई उर्जा थप्ने काममा सबै लाग्नुपर्छ ।’–उनले भने । क्रिकेट काठमाडौ बाहिर लैजानुपर्छ भन्नेमा क्यान सकारात्मक भएको उनले बताउदै पूर्वाधार विकाससंगै खेल देशका हरेक भेगमा हुनेमा आशाबादी रहेको बताए ।

कार्यक्रममा यु–१९ का टिम क्याप्टेन पुजा महतोले यही मैदानबाट नै खेल अभ्यास थालेर खेलमैदानकै सदभावना दुत बन्न पाउँदा धेरै खुशी लागेको बताईन । ‘यो खेलमैदान मेरो लागी भाग्यमानी छ ।’–उनले भने । यसमा नै अभ्यास खेलेर वर्ड कप खेल्न एउटा क्याप्टेनका रुपमा भुमिका पाएको उनले बताईन । खेलाडीका रुपमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उचाईमा लग्ने उनले प्रतिवद्घता जनाईन ।
कार्यक्रममा खेलाडी कविता कुँवरले नया ठाउँ र नया स्थान पाउँदा धेरै खुशी भएको बताईन । खेलाडीहरुको लक्ष्य अनुसार खेलप्रति आफू निरन्तर योगदान दिने समेत बनाईन ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेल क्षेत्रमा नया ईट्टा थप्ने गरि एक जना युवाबाट काम भैरहेको भन्दै दैनिक नयानया कामबाट यसबाट तरङ ल्याएको बताए । खेल पत्रकारीतामा जिम्मेवारी बोध गराउने गरि निरन्तर नया गतिविधि भैरहेको उनले बताए ।
कार्यक्रममा स्टेडियमका डाईरेक्टर सुर्य कुँवर, पत्रकार दिपेन्द्र कुँवरले पूर्वाधार विकाससंगै लुम्बिनीमा खेल पर्यटनको सम्भावनालाई उजागर गरेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?