ट्रेंडिंग:

>> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

२० लाख बढीलाई संसार देखाउन सफल पुरेनवा आखा अस्पताल

१७ फाल्गुन २०८१, शनिबार
१७ फाल्गुन २०८१, शनिबार

बुटवल, १७  फागुन।
आँखा अस्पताल गौर पुरेनवाले २० लाख बढी मानिसलाई पुनः संसार देखाएको छ। रौतहट सर्लाही, बारा देखी भारतासम्म लोकप्रिय पुरेनवा आँखा अस्पतालले मोतिबिन्दु लगायत रोगको सफल अपरेसन र आँखा सम्बन्धी बिभिन्न रोगको उपचार गरी निको बनाएर २० लाख भन्दा बढी मानिसलाई पुनः संसार देखाएको हो।

अस्पताल सञ्चालन भएको २०५४ साल पुस महिना देखी हालसम्म कुल १ लाख, ९३ हजार ६८३  जना  मोतिबिन्दु लगायत बिभिन्न रोगबाट ग्रसित बिरामीको सफलता पूर्वक आँखाको अपरेशन गरी पुनः संसार देखाएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर प्रज्वल बस्नेतले बताएका छन्।

त्यसैगरी सोही अवधिमा अस्पतालमा ओपिडी सेवा मार्फत कुल १८ लाख ८८२ जना आँखा रोगका बिरामीहरूको सफल उपचार गरी निको बनाईएर पुनः संसार देखाएको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले जानकारी दिएका छन्।

आँखा अस्पताल पुरेनवामा मेडिकल डाईरेक्टर डाक्टर बस्नेत संगै नेत्र विशेषज्ञ डाक्टर प्रिती चौधरि, सुरेन्द्र मिश्रा, मनोज साह लगायत  ६६ जना कर्मचारी कार्यरत रहेका छन्। आँखाको अपरेशन फेको प्रविधि र एस आई सी एस प्रविधिबाट हुने गरेको अस्पतालले जनाएको छ। आँखा अस्पतालमा दैनिक सरदर ओपिडी तर्फ ४५० बिरामी उपचारको लागि आउने गर्दछन्। त्यसैगरी मोतिबिन्दु लगायत बिभिन्न रोगबाट ग्रसित ४५ जना बिरामीको आँखाको सफल अपरेशन हुनेगरेको अधिकृत न्यौपानेले जानकारी दिएका छन्।

नेपाल नेत्र ज्योती संघ द्वारा संचालित गौर आँखा अस्पताल पुरेनवाका संस्थापक तथा स्थापना गर्न महत्वपूर्ण योगदान दिएका आवोका जापानका डाक्टर जुन्सुके आकुरा केहीदिन अघि अस्पतालको अनुगमन गरेका थिए।

डाक्टर आकुरा लामो समय पश्चात् पुरेनवा आँखा अस्पतालको अकस्मात अनुगमन गरेका हुन्।अनुगमनको क्रममा अस्पताल परीवार उहाँहरुप्रति आभार प्रकट गर्दै नेत्र ज्योति संघ रौतहटको सभापतिमा विजय कुमार सिंह लगायतका आँखा अस्पतालका डाक्टर तथा पदाधिकारीले टिका माला लगाई खाँदा ओढाएर सम्मान सहित स्वागत गरेका थिए। सो क्रममा डाक्टर आकुराले पुरेनवा आँखा अस्पतालले दिइरहेको सेवाको खुलेरै प्रशंसा गरेका थिए।

तत्कालीन समाकल्याण मन्त्री स्व. शेख इद्रिस र नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालयको पहल र डाक्टर कमल बहादुर खडकाको सक्रियतामा नेपाल सरकारबाट २ बिगाहा डेढ कठा जग्गा प्राप्त गरी आँखा अस्पतालको स्थापना गरिएको थियो। जापानी दातृसंस्था आओका र २४आवर टेलिभिजनको आर्थिक सहयोगमा भवन निर्माण पश्चात  बि।सं। २०५४ पौष १६ गते तत्कालीन स्वास्थ राज्यमन्त्री  ब्रजकिशोर सिंहबाट बिधिवत रुपमा उदघाटन भएर संचालन अस्पतालले सेवा सुरु गरेको थियो। ईश २००६ अगष्ट महिना देखि कुनै पनि दातृ निकायको सहयोग नरहेको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले बताएका छन्।

गौर आँखा अस्पताल पुरेनवा तराई मधेश देखी भारतसम्म निकै लोकप्रिय रहेको छ। उक्त अस्पतालमा तराई मधेशका साथै आँखा सम्बन्धी रोगको उपचार तथा मोतिबिन्दु रोगको अपरेसन गराउन भारतको बिहार देखी उत्तरप्रदेशको बिरामीहरू आउने गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?