ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

सुनगाभा सैनामैना गोल्डको तयारी पूरा

रुपन्देहीमा तिलोत्तमा गोल्डकप पछिको ठूलो प्रतियोगिता आयोजना गर्न लागेको दाबी
१७ फाल्गुन २०८१, शनिबार
१७ फाल्गुन २०८१, शनिबार

बुटवल, १७ फागुन । फुटबल खेलको प्रवद्र्धन र खेलाडीलाई प्लेटफर्म दिने गरि सैनामैनामा सुनगाभा सैनामैना गोल्ड कप २०८१ हुने भएको छ । सैनामैना नगरपालिकाको संरक्षकत्व तथा मुर्गिया फुटबल क्लबको आयोजनामा फागुन १९–२८ गते सैनामैना फुटबल रंगशाला मुर्गियामा हुने प्रतियोगिताको तयारी पुरा भएको हो ।

शनिबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष प्रविन भारीले सुनगाभा पब्लिक स्कुलको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । प्रतियोगिता आयोजनामा नगरपालिकाबाट ५ लाख रुपैया तथा खेलमैदान मर्मतका लागि थप ५ लाख रुपैया सहयोग भएको उनले बताए । विभिन्न उपसमिति दुई महिनादेखि तयारीमा लागेको उनले बताए ।

कार्यक्रममा खेल संयोजक अशोक खड्काले रुपन्देहीमा तिलोत्तमा गोल्डकप पछिको ठूलो प्रतियोगिताका रुपमा भित्राउन लागेको उनले बताए । अखिल नेपाल फुटबल संघ एन्फाको स्विकृतिमा प्राविधिक उपलब्ध रहेको उनले बताए । प्रतियोगितामा उपाधि विजेताले नगद ७ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरसकृत गरिने उनले बताए । यसैगरि उपविजेता टिमले नगद ४ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत नगद, कपबाट पुरसकृत गरिने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न ६० लाख खर्च हुने अनुमान रहेको भन्दै उनले प्रतियोगितामा खेलाडीहरुलाई १ लाखसम्मको बिमा गरिएको बताए । प्रतियोगितामा एक हजार रुपैयाको सिजनल टिकटबाट ९ दिन नै हेर्न पाउने ब्यवस्था छ । यसैगरि अवलोकनमा ७० वर्षमाथि, अपाङता भएका नागरिकलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।

कार्यक्रममा टिम ब्यवस्थापक श्री दर्लामीले खेललाई रोचक र प्रतिस्प्रर्धात्मक बनाउन प्रत्येक टिममा पाच जना विदेशी खेलाडी खेलाउन पाउने ब्यवस्था भएको बताए । यसले युवा खेलाडीबाट सिक्ने अवसर पनि मिल्ने उनको दाबी छ । आयोजक टिममा पाच जना खेलाडीहरु अनुबन्ध गरिएको र पहिलोपटक आयोजना गरिएको हुदा पनि जित्ने गरि तयार भएको उनले बताए । उद्घाटन खेल आयोजक मुर्गिया फुटबल क्लब र गोर्खा ब्याईज क्लबका बिचमा हुने छ । प्रतियोगितामा ए डिभिजन, विभागिय टिम र एउटा विदेशीसहित १० टिमले भाग लिने उनले बताए ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नं ४ का वडाअध्यक्ष रामप्रसाद अधिकारीले खेल विकासमा पालिका विगतबाट नै लागेको बताए । ‘सैनामैना फुटबल रंगशाला निर्माण गरेर खेलगतिविधिलाई जोडेको छ ।’ –उनले भने । आठ करोड रूपैया लागतमा निर्माणधिन रंगशाला करीब ७० प्रतिशत काम भएको उनले बताए । रंगशालाको डिपिआर अनुसारको काम संघ, प्रदेश र स्थानिय सरकारको बजेटबाट निर्माणको क्रममा रहेको उनले बताए । प्रतियोगिता आयोजना गर्न विभिन्न दाताहरुबाट पचास लाख रुपैया सहयोग जुटेको उनले बताए । अब खेललाई ब्यवस्थित गर्नेतर्फ आफुहरु लागेको उनले बताए ।

कार्यक्रममा क्लबका सल्लाहकार चित्र बहादुर केसी, आर्थिक संयोजक गोपाल खड्का, पत्रकार कृष्ण भण्डारीले प्रतियोगिता अवधिभर सबैबाट आआफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?