ट्रेंडिंग:

>> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

सफल हुँदै सामूहिक आलु खेती

नवलपरासीको बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका २ सेहरीका करिब २० जना किसानलाई अहिले आलु खन्ने, जोख्ने र बेच्ने कामले भ्याईनभ्याई छ । असोज महिनामा लगाएको आलुको बोटमा राम्रो फल लागेपछि उनीहरू हौसिएका छन् ।
१७ फाल्गुन २०८१, शनिबार
१७ फाल्गुन २०८१, शनिबार

बुटवल, १७ फागुन ।
मन्जु थनेतलाई कृषि गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास केही समय अगाडि सम्म थिएन । जब उनी समूहमा आवद्ध भइन् र दैनिक बचत गर्न थालिन् । समूहले बचत मात्र होइन आफै आम्दानी गर्न सक्ने बन्नुपर्छ भन्ने कुराले उनलाई आफै कमाउन रहर जगाएको हो ।त्यसैले सामान्य तरकारी फलाउने र बेच्ने गर्न थालिन् पछि समूह मार्फत गर्न सके राम्रो हुन्छ होला भन्ने लागेर सबै समूहका साथीहरू मिलेर तरकारी फलाउन थाले सामान्य तरकारी फलाउने र बेच्ने गरेका सृजनशील कृषक समूहका साथीहरूले विगतका केही वर्षदेखि आलु फलाउन थालेका हुन् । आफूलाई खान मात्र प्रयोग हुने त्यसलाई आधुनिकतासँग जोड्नका लागि गत वर्षदेखि फेन्सफ्राई आलु, चिप्स आलु फलाउन थालेका हुन् । यसबाट आम्दानी पनि राम्रो हुने भएकाले यो वर्ष पनि निरन्तरता दिएको मन्जुको भनाइ छ ।

मन्जु मात्रै होइन नवलपरासीको बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका २ सेहरीका करिब २० जना किसानलाई अहिले आलु खन्ने, जोख्ने र बेच्ने कामले भ्याई नभ्याई छ ।सृजनशील कृषक समूहका अध्यक्ष रमेश थनेत पनि बिहानै खेतमा पुग्दछन् । असोज महिनाबाट नै आलु लगाएका किसानलाई अहिले आलु बेच्न हतार छ । किसानहरूलाई बिहानै खेतबारीमा पुग्नु र आलु खन्ने हेर्ने र बोरामा प्याकिङ्ग गर्ने उनीहरूको दैनिकी छ । यो काम उनको मात्रै होइन समूहका सबैको दैनिकी आजभोलि यसरी नै बितिरहेको छ ।

कुल प्रसाद तिवारी
प्रमुख कृषि ज्ञानकेन्द्र नवलपुर

समूहका अध्यक्ष थनेत भन्छन् पहिले पहिले सामान्य तरकारी खाने आलु मात्र लगाउने प्रचलन थियो । लगाउने फलाउने र केही बिक्री हुने नभएको घरमा खाने चलन थियो हाम्रो गत वर्ष हामीले चिप्समा प्रयोग हुने आलु लगाएका थियौं उत्पादन राम्रो भयो । यसको बजार पनि सुनिश्चित हुने अवस्था देखेर हामीले यो चिप्स आलु रोपेका हौं । यो खेती नगदेबाली हो । अहिले हामीले असोजबाट गरेको मेहनतको फल टिप्ने तयारीमा जुटिरहेका छौं ।

यो वर्ष हामीले भैरहवामा रहेको फास्टच्वाइस कम्पनीमा जस्ले आलु चिप्स, फ्रेन्सफ्राई उत्पादन गर्दै आइरहेको छ । गत वर्षदेखि नै कम्पनीसँग सम्झौता गरेर आलु रोपेका हौं । न्यूनतम २० रुपियाँको सम्झौता भएपनि हामीले अहिले सम्म आलुको तौल अनुसार मूल्य पाएका छौं । १ सय २० ग्रामसम्म तौल भएका आलुलाई बजार मूल्य हेरेर २६ रुपियाँ प्रतिकिलो र ५० ग्राम भन्दा कम तौल भएका आलुलाई २१ रुपियाँ प्रतिकेजीको मूल्य निर्धारण गरेर बिक्री शुरु भएको छ । अहिले नै कति क्विन्टल आलु उत्पादन हुन्छ यकिन गर्न नसकिने उनको भनाइ छ ।

मध्यविन्दु नगरपालिका २ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले आफ्नो वडामा गरिएको चिप्स आलुले राम्रो बजार मूल्य पाउने विश्वास व्यक्त गरे । उनले यसले यहाँका किसानको आर्थिक अवस्था सबल बनाउन सहयोग पुग्ने छ । यसका लागि वडाले सबै किसिमको सहयोग गरिरहेको बताए । आगामी दिनहरूमा किसानको आवश्यकतालाई ध्यानमा राखेर सहयोग गर्ने बताए ।

मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले नगरको आलुपकड क्षेत्रहरू वडा नं. २, ३ र १५ मा व्यवसायिक रूपमा सामूहिक चिप्स आलुसँगै फ्रेन्सफ्राई आलु र खाने आलुको खेती हुनु नगरकै गौरवको विषय रहेको बताए । उनले त्यसका लागि नगरले वार्षिक कार्यक्रम गराएर योजना बनाईरहेको जानकारी दिए । नगरप्रमुख अधिकारी भन्छन्–‘अहिले कृषि ज्ञान केन्द्रले कृषकहरूलाई सहयोग गरिरहेको छ । उनीहरूको आवश्यकतालाई पहिचान गरी आलु खेतीलाई प्रोत्साहन गरेको छ । अहिले हामीले किसानहरूका लागि प्राविधिक सहयोग, आवश्यकता अनुसार तालिम, फिल्डमा समस्या देखिएको खण्डमा त्यसैले नगरको प्रत्यक्ष अहिले सहयोग नभए पनि आगामी दिनमा ज्ञान केन्द्रको अभाव भयो भने हामीले कृषकका आवश्यकतालाई ध्यानमा राखेर सहयोग गर्ने योजनामा नगरमा बनिरहेको छ ।’

कृषि ज्ञान केन्द्र नवलपुरले किसानले उत्पादन गरेको आलुको बजार र मूल्यको सुनिश्चितता गरेर नै किसानलाई आलु रोप्न प्रोत्साहन गरेको कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । उनी भन्छन् सम्झौता भएको कम्पनीलाई वार्षिक ४० टन आलु चाहिन्छ त्यसका लागि पनि कम्पनीले किसानसँगै सम्झौता गरेको हो । गत वर्ष यहाँका किसानले ८० हेक्टरमा आलु लगाएर एउटा आलु १ किलो भन्दा बढीको उत्पादन गरेका थिए । त्यसबेला प्रति हेक्टरमा ३६ मेट्रिक्टन उत्पादन भएको थियो । गत वर्ष १६ सय मेट्रिक्टन आलु उत्पादन भएको प्रमुख तिवारीले बताए । फ्रेन्सफ्राइका लागि प्रयोग हुने आलुसोना, यन्ने भेटर, खुमल उच्ल जातका आलुहरूको उत्पादन बढी हुने भएकाले पनि किसानहरू बढी फाइदा हुने देखिन्छ ।

यसवर्ष विभिन्न ३८ वटा समूहमार्फत १ सय १० हेक्टरमा आलुका विभिन्न जातहरू रोपिएको हो र अहिले किसानले आफू खन्ने र बिक्री गर्ने काम गरिरहेका छन् । यो वर्ष ६ सय मेट्रिक्टन आलु उत्पादन हुने अनुमान गरिएको छ ।
किसानहरूले समूहमार्फत गरे पनि आ–आफ्नै खेतवारीमा आ–आफ्नै तरिकाले आलु लगाउने र बेच्ने गरेका छन् । आफू कम्पनीले किसानले आफू बेचेको ५० दिन भित्रमा सम्पूर्ण पैसा दिने सहमति गरेको छ । आफू भन्दा अगाडी यहाँ किसानहरूले धेरै मात्रामा उखु लगाएका थिए । जुन बिक्री गर्न नसकेर किसान पीडामा परेको बेलामा आफू विकल्पको रूपमा आएको हो । उखु बाहेक गहुँ, तोरी मसुरो जस्ता बालीहरू लगाउँदै आएका थिए ।
कृषि ज्ञान केन्द्र नवलपुरले यो वर्ष प्रसोधन योग्य आलु प्रवर्द्धन कार्यक्रमका लागि १ करोड ८४ लाख रुपियाँ लगानी गरेको ज्ञानकेन्द्रका प्रमुख तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?