ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

रूपन्देहीमै अब ‘रातीमा क्रिकेट’

१७ फाल्गुन २०८१, शनिबार
१७ फाल्गुन २०८१, शनिबार

बुटवल, १७ फागुन ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका प्रबन्ध निर्देशक बिनोद कुँवरले आफूले बनाइरहेको खेलमैदान सरकारको सम्पत्ति भएको बताएका छन् । रूपन्देहीको तिलोत्तमा–१७ स्थित निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको स्थलगत अवलोकनमा आएका प्रतिनिधि सभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई भ्रमण गराउने क्रममा उनले खेलप्रतिको मायाकै कारण स्टेडियममा लगानी गरेको बताए । ‘ब्यक्तिले शुरु गरेको भएपनि यो सरकारको सम्पत्ति हो, देशकै सम्पत्ति हो ।’– उनले भने । विदेशमा बसेर त्यहाँको विकासको मोडल बुझेर, सिकेर आफनो देशमा अवधारणा उतार्न प्रयास गरेको भन्दै उनले यसलाई अरूबाट पनि अनुसरण गर्न जरुरी रहेको बताए । ‘विदेशमा विकासको मोडेल निजि क्षेत्रबाट नै हुन्छ ।’–उनले भने ।

देशलाई विश्व सामु चिनाउने खेल भएको हुँदा पनि यसमा लगानी गर्न आफू इच्छुक भएको बताए । पाँच वटा टेस्ट राष्ट्र मान्यता पाएका क्रिकेट देशको छिमेकमा रहेको नेपाल उपलब्धि हासिल गर्ने गरी अघि बढ्न ढिलाई भएको उनको गुनासो थियो । ढिलै भएपनि आईसीसीबाट मान्यता प्राप्त हुने गरि मैदानको पूर्वाधार तयार हुँदै गरेको भन्दै उनले पाँच वटा फ्लड लाइट जडान भएको समेत बताए । एकेडेमीको चौथो तल्ला ढलान भैरहेको छ । अभ्यास नेट तयार भएको छ । प्याराफिट बनाउने काम बाँकी छ । ढाई वर्षभित्र २५ हजार दर्शक अट्ने प्याराफिट तयार हुने उनले बताए ।

कार्यक्रममा संघीय संसद प्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले सरकारबाट निजी क्षेत्रमा भएका लगानीलाई आवश्यक सहयोग गर्न जरुरी रहेको बताए । खेल क्षेत्रमा भएको यो लगानी अन्य युवाहरूलाई समेत उदाहरण बनेको भन्दै उनले खेल पर्यटनलाई यसबाट टेवा मिल्ने बताए ।कार्यक्रममा समितिका सदस्य देवेन्द्र पौडेलले खेल पूर्वाधारमा निजी क्षेत्रबाट भएको लगानीमा नयाँ शुरुवात भएको निजी क्षेत्रबाट अर्थ लगानी भएको स्थलमा सरकारको सहयोग सधै रहने भने ।

सरकारबाट आवश्यकता महसुस गरेर नै अध्ययनमा आएको भन्दै यसमा आवश्यक पर्ने सरकारको सहयोगलाई सहजता मिल्ने समेत उनले बताए । कार्यक्रममा समितिका छबिलाल विश्वकर्माले क्रिकेट खेलबाट देशको नाम विश्वमा नै चिनिएको भन्दै यसको पूर्वाधार निर्माणमा भने धेरै ढिला भएको बताए । सरकारको मुख ताक्ने प्रवृत्तिलाई अन्य हुने गरि यो स्टेडियम तयार भैरहेको भन्दै अब अन्य क्षेत्रजस्तै खेलकुदमा गरिएको लगानी समेत व्यावसायिक बन्नेमा आशावादी रहेको उनले बताए ।

कार्यक्रममा तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाडले स्टेडियमलाई सडक संजाल, विद्युत र सुरक्षा मुख्य आवश्यकता रहेको भन्दै यसका लागि पालिकाबाट पहल गरिरहेको बताए ।कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, रूपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, पत्रकार दीपेन्द्र कुँवरले खेलकुलको उर्वरभूमिका रूपमा चिनिएको रूपन्देहीमा नयाँ गहना थपिएको भन्दै यसलाई सरकारबाट आवश्यक सहयोग जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?