ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सडक निर्माणमा लापरवाहीको चरम नमूना

१६ फाल्गुन २०८१, शुक्रबार
१६ फाल्गुन २०८१, शुक्रबार

सालझण्डीदेखि बाग्लुङको ढोरपाटन जोड्ने सडक निर्माणमा भैरहेको ढिलाई नेपालका विकास आयोजनाको दुरावस्थाको पछिल्लो उदाहरण हो । त्यसो त निर्माण आयोजना समयमै सम्पन्न नहुनु नेपालको तीतो यथार्थ हो । बुटवल नारायणगढ सडक खण्डले पनि यही चरितार्थ गरेको छ । सुरु भएका धेरै आयोजना एक बर्षमात्रै होइन बर्र्षौसम्म अलपत्र हुने गरेका छन् । बिडम्वना सडक निर्माण सुरु भएको डेढ दशक हुँदापनि पूरा नहुनु हेलचेक्राईको चरम नमूना हो । अधिकांश निर्माण कम्पनीले पूर्वाधार निर्माणका क्षेत्रमा बर्षौंदेखि हेलचेक्राई गर्दै आएको यो पछिल्लो उदाहरण मात्र हो । निर्माणको काम अलपत्र पार्ने, बीचमै छोड्ने र त्यसका कारण जनताले सास्ती पाएको घटना धेरैछन् । जनताले समयमै निर्माण सम्पन्न गर्न दवाव दिएपनि जनताको आवाज सुनुवाई हुँदैन । २०६६ सालमा रूपन्देहीको सालझण्डीबाट बागलुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले अघि बढाइएको यो योजना अहिले अलपत्र जस्तै छ । सडक निर्माण सुरु भएको १५ वर्षको बीचमा १८ किलोमिटर मात्रै कालोपत्रे हुनु ढिलाईको चरम नमूना हो । एकसय ९७ किलोमिटर लम्बाइको सडकमध्ये हालसम्म १८ किलोमिटर पिच भएको छ । यो सडकको १५ किलोमिटर मध्यपहाडी लोकमार्गमा पर्छ भने बाँकी एक सय ८२ किलोमिटर सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजनाले निर्माण गर्नुपर्ने बताइएको छ ।
यो सडकका कारण जनताले पाएको सास्ती भनिसाध्य छैन । निर्माण सुरु हुँदा खुसी भएका स्थानीय आयोजना क्षेत्रका जनता अहिले निरास हुनुपर्ने अवस्था छ । २०६६ सालदेखि सुरु भएको सडक निर्माणको काममा पर्याप्त बजेट विनियोजन नहुनु, ठेकेदारको अटेरीपन, बिचमा स्थानीयसँग विवाद लगायतका कारण सुस्त गतिमा अघि बढेको निर्विबाद छ । त्यसो त सवै कुराको भागिदार निर्माण व्यवसायीलाई मात्रै थोपरेर हुँदैन । स्थानीयले जग्गा विवादका तेर्साउँदा केही बर्ष सडक निर्माणको काममा अवरोध भएको थियो । तसर्थ निर्माण व्यवसायीलाई सहजरूपमा निर्माणको बाटो खोलीदिने काममा सरकार, स्थानीय पालिका तथा सम्बद्ध सरोकारवाला निकायको ध्यान जानैपर्दछ । अर्कोतर्फ सरकारले समयमै रकम निकासा नदिएकै कारण पनि आयोजना छिटो सम्पन्न गर्ने कुरामा ढिलाई भएको हो । सालझण्डी ढोरपाटन सडक निर्माणको काम सुरु भएको १६ बर्ष पूरा भैसकेको छ । सडक शिलान्यास हुँदा समयभित्रै उक्त सडक बन्छ भनेर मन्त्री र साँसदले भाषण गरेको त्यस क्षेत्रका जनताले अझै विर्सिएका छैनन् । तर, समयमै सडक निर्माणको कुरा त परै जाओस अहिले निर्माणको काम रोकिएको अवस्थामा छ । समयमै सडक नबन्दा त्यस क्षेत्रका हजारौं जनतालाई समस्या परेको छ । अर्कोतर्फ उक्त बाटो भएर यात्रा गर्ने विरामी र गर्भवती महिलालाई उपचारका लागि लैजान समस्या भैरहेको छ । यो लापरवाहीप्रति सम्वन्धित निकाय मौनताले प्रश्न जन्मिएको छ । १ सय ८५ किलोमिटर लामो सडक बनाउन १६ बर्ष बढी समय लाग्नु र त्यो पनि अहिलेसम्म निर्माण सकिने मितिसम्म टुंगो नलाग्नु चिन्ताको बिषय हो । सरकारले निर्माणको काममा ढिलाई गर्ने कुरा सैह्य हुँदैन भनेको छ तर यस प्रकारका ढिलासुस्ती मुलुकभरी छन् । कसले हो कारवाही गर्ने ? चिन्ताको बिषय छ । निर्माणको सवै जिम्मा एउटा कम्पनीले लिने र निर्माणको काम लटलट गरि अरू निर्माण ब्यवसायीलाई दिँदापनि निर्माण आयोजनाको प्रगतिमा समस्या देखिएको छ । नेपालले अव अहिलेसम्मका आयोजनाको ढिलाईबाट शिक्षा लिनु जरुरी छ । सडक निर्माणमा धेरै ढिलाई हुनुमा सरकारको लापरवाही देखिएको छ । सरकारले चासो दिएर निर्माणको काममा तदारुकता देखाएको भए यो अवस्था आउने थिएन । यही रवैया र ढिलासुस्तीले नेपालको विकास कहिले होला ? सालझण्डी ढोरपाटन सडकमात्र होइन, नेपालका धेरै विकास आयोजनाले यही नियती भोगिरहेका छन् । सरकारले बुटवल नारायणगढ सडक निर्माणका लागि जसरी ताकेता गरेको छ, सालझण्डी ढोरपाटन सडकमा पनि चासो दिएर कामलाई द्रुततर बनाउनेतर्फ पहल गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?