Butwal Today

कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान

१६ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ।

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आफ्नो क्लब ड्युटीका लागि प्रस्थान गरेकी छिन्।

एन्जिला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन्। उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए।

यसअघि, बिहीबार राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ-आफ्नो क्लबमा फर्किएका थिए।

पौडेल युएईको आबु धाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन् भने साम्बा फ्रान्सको महिला लिग क्लब इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्दछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?