ट्रेंडिंग:

>> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु

एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेको आह्वान

१६ फाल्गुन २०८१, शुक्रबार
१६ फाल्गुन २०८१, शुक्रबार

काठमाडौँ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले संसारभरि रहेका गैर आवासीय नेपालीहरूलाई आउँदो मे महिनामा काठमाडौँमा भेला भएर संस्थालाई एकजुट बनाउन र नयाँ विधान पारित गर्न आग्रह गरेका  छन्  ।

उच्चस्तरीय समितिद्वारा बिहीबार भर्चुएल माध्यमद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै घलेले  संघको इतिहासमा आगामी अधिवेशन एक कोशे ढुंगा हुने बताए  । “यो   एनआरएनएको जग हाल्ने अवसर हो।  हाम्रो संस्थालाई रुपान्तरण गर्ने अवसर हो।  हामीले अधिवेशनबाट नयाँ विधान बनाउने छौं।  यो कमिटिको एकदमै बलियो म्यान्डेट छ।  कसैलाई दोष दिनु भन्दा पनि ऐतिहासिक उपलब्धिको रुपमा लिएर कहिल्यै पनि विवाद नहुने गरी अगाडी बढ्ने अवसर हो,” उनले भने ।

” हाम्रो संस्था अहिले सम्म (२२ वर्ष सम्म) टप डाउन रुपमा चलेको छ।   समस्या सदस्यतामा छ। समस्या  प्रतिनिधि छनोटमा छ।   सर्वोच्चले समस्या पहिल्यायो।  त्यसैले हामीले सबैलाई डेलिगेट्स बन्न खुला ग-यौं।  अब नयाँ  विधानमा यो कुरा राख्नु प-यो। बढीभन्दा बढी साथीहरु काठमाडौँमा आउनु भयो भने ठूलो सफलता हुने छ।  तपाईंहरुको सहभागिता विना यो सम्भव छैन,” उनले भने ।

अध्यक्ष घलेले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले परराष्ट्र मन्त्रालयबाट पत्र पाएपछि अहिले सम्म  १० ओटा बैठक गरिसकेको बताए ।  “अब (एकता महाधिवेशनका लागि) झन्डै २ महिना बाँकी छ।  रात दिन काम गरौँ।  हामीले  कति दुख ग-यौं आफ्नै भवन बनाउन, तर अहिले उक्त भवन अहिले भाडामा लगाएको छ।  त्यो लिजमा दिने, मुनाफा गर्ने ठाउँ होइन। हामीलाई आफ्नै भवनमा बैठक गर्न नदिए पछि हामीले क्याफेमा,  होटेलमा गएर पनि बैठक ग-यौं।  अब पछाडी सर्दैनौं, अब कसैले पनि हामीलाई  रोक्न सक्दैन,” उनले भने ।

आफ्नो स्वागत मन्तव्यमा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले आफुहरुले  हिजो पनि एकता गर्नु पर्छ भनेर प्रयास गरेको र तत्कालिन  प्रधानमंत्रीको रोहबरमा पनि एकताका लागि प्रयास गरेको बताए ।  “हाम्रो एकता नहुँदा गैर आवासीय नेपाली नागरिकताको हालत कस्तो भएको छ?  सामाजिक सुरक्षा कोषमा हामीले गरेको सहकार्यका कारण विदेशमा निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउने व्यवस्था भै रहेको छ। अब सर्वोच्चको फैसला र परराष्ट्रको निर्देशन अनुसार  एकताको सूत्रमा जोडिन म  आग्रह गर्छु,” उनले भने ।

उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले कतिपय राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले अप्रिल महिनाभित्रै अधिवेशन गर्न समस्या भै रहेको जनाएको  बताए।  “तपाईंहरुको केही समस्या छ भने हामीलाई जानकारी दिनोस्। राम्रोसंग टीओआर हेर्नोस्  ।  हामीहरुसंग एमओयु गर्नोस्,” कुँवरले भने ।  उहाँले परराष्ट्र मन्त्रालयले बनाएको क्राइटेरिया पुरा गर्ने जो कोही एनआरएनएको पंजीकृत सदस्य नेपाल आएर डेलिगेट्स बन्न सक्ने र मतदान गर्न सक्ने बताए । उनले एनसीसीको आफ्नो पोर्टलमा वा उच्चस्तरीय समितिको पोर्टल  (www.nrnahlc.com) मा गएर  सदस्य बन्न पनि आग्रह गरे ।

उच्चस्तरीय समितिकी सदस्य जानकी गुरुङले उच्चस्तरीय समितिको पोर्टलमा सदस्यताको लागि निवेदन आइरहेको र समितिले छानबिन गरी सदस्यता दिने काम सुरु गरि सकेको जनाइन् ।  उनले  आवेदकहरुलाई  भिसा भएको पासपोर्टको फोटो अपलोड गर्न पनि अनुरोध गरिन्  ।

उच्चस्तरीय समितिकी सदस्य रबिना थापाले एकताको लागि समितिले निकै प्रयास गरिरहेको जनाउँदै आगामी मे महिनामा काठमाडौँमा हुन गइ रहेको अधिवेशन नै  एकमात्र  वैधानिक अधिवेशन भएको बताइन्  । उनले संस्थामा लामो समयदेखि चलिरहेको विवादलाई समाधान गरी एकताबद्ध एनआरएनए बनाउन सबैलाई अपिल पनि गरिन् ।

अन्तरक्रियामा सहभागी एनआरएन अगुवा तथा पदाधिकारीहरुले एनआरएनएका सबै पक्षलाई एकता अधिवेशनमा भाग लिन र सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन अनुरुप संघको केन्द्रीय सचिवालयको सम्पूर्ण जिम्मेवारी  उच्चस्तरीय समितिलाई बुझाउन आग्रह गरेका थिए  ।  उनीहरुले सदस्यता निवेदनका लागि बुझाइएका कागजातहरु गोप्य र सुरक्षित  रहने व्यवस्था गर्न पनि आग्रह गरे।  सहभागीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष घलेले जवाफ दिएका थिए ।

कार्यक्रमको संचालन उच्चस्तरीय समितिका सदस्यद्वय रबीना थापा तथा जानकी गुरुङले गरेका थिए ।

सर्वोच्च अदालतको फैसला अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिले अहिलेसम्म गरेका कामकारवाही तथा आउँदो मे ३-५, २०२५  मा काठमाडौँमा आयोजना हुन गैरहेको एकता महाधिवेशनको तयारीको बारेमा जानकारी दिन  जुम बैठक आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?