© २०२३
काठमाडौँ ।
रुकुम पूर्व र दार्चुलामा हिमपात र पहिरोका कारण प्रमुख सडकहरू अवरुद्ध भएका छन्।रुकुम पूर्वको लुकुम–पातीहाल्ना सडक खण्डमा बाक्लो हिउँ जम्दा गाडी ओहोरदोहोर गर्न सकिने अवस्था छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार, हिउँको कारण यातायात सेवामा ठूलो अवरोध आएको छ।
त्यसैगरी, दार्चुलाको महाकाली नगरपालिका-५ स्थित किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग पनि अवरुद्ध भएको छ। यसबाट यातायात सेवा ठप्प हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीका अनुसार, सडक खुलाउन प्रहरीले पहल गरिरहेको छ।सडक अवरुद्ध हुँदा तराईबाट छुटेका गाडीहरू तथा जिल्लाबाट बाहिरिने गाडीहरू रोकेका छन्, जसले गर्दा यात्रुहरूको समस्या बढेको छ।