ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मनाइयो मगर दिवस साँस्कृतिक पहिचान र एकतामा जोड

१६ फाल्गुन २०८१, शुक्रबार
१६ फाल्गुन २०८१, शुक्रबार

बुटवल, १६ फागुन।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिको आयोजनामा ४३औं मगर दिवसको अवसरमा बुटवलमा भव्य सांस्कृतिक कार्यक्रम गरिएको छ।बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको बाजेबजैठानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गीता सारु मगरले सांस्कृतिक एकताको लागि सबैजनाले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताइन्।उनले कार्यक्रमलाई सम्बोधन गर्दै मगर सांस्कृतिक एकता सँगै मगर पहिचानको समेत सवाल रहेको भन्दै यसको लागि सबै जनाले आ आफ्नो स्थानबाट योगदान दिनुपर्ने बताएकी थिइन्।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मगर समुदायले आफ्नो सांस्कृतिक पहिचान, एकता सँगै शिक्षा क्षेत्रमा समेत जोड दिनुपर्ने बताए। उनले खासगरी मगर समुदायका मानिसहरूले शिक्षा क्षेत्रमा भन्दा पनि अन्य क्षेत्रमा बढी ध्यान केन्द्रित गरेको हुँदा शिक्षा क्षेत्रमा समेत जोड दिनुपर्ने बताए। उनले शिक्षा क्षेत्रमा मगर समुदायको सहभागीता वृद्धि गरी यदि आर्थी बढ्न सकेको खण्डमा यसले मगर समुदायको आमूल परिवर्तन ल्याउने बताए। उनले भने, “शिक्षाको लागि पढ्न नसक्ने मगर समुदायको लागि आर्थिक सहयोग र छात्रावृत्ति प्रदान गर्न हामी तयार छौं, यसको लागि नगरपालिका तयार छ।” उनले मगर समुदायको शिक्षा, स्वास्थ्य सहितको व्यवस्थापनको लागि तयार रहेको नगर प्रमुख पाण्डेयले बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्याल, नगर प्रवक्ता शिव राना सहित नेपाल मगर संघ जिल्ला समिति रूपन्देहीका अध्यक्ष थर्क बहादुर बाह्रघरे मगर लगायतले आ–आफ्नो भनाइ राखेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघ बुटवल नगर समितिका अध्यक्ष बसन्त साठीघरे मगरले मगर सांस्कृतिक एकताको लागि राष्ट्रिय मगर दिवस आफैमा महत्त्वपूर्ण रहेको बताइन्। उनले स्थानीय तहले विदा समेत दिएकोमा धन्यवाद समेत दिईन्।

रूपन्देहीमा करिब दुई लाख मगर समुदायको बसोबास रहेको बताइन्छ। बुटवलमा आयोजना गरिएको कार्यक्रममा भव्यरूपमा मगर समुदायका व्यक्तिहरूको सहभागीता रहेको थियो। कार्यक्रममा मगर खानाका परिकारहरू सहित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। नेपाल मगर संघले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रूपमा मान्यता दिनुपर्ने, विद्यालयहरूमा मगर भाषामा शिक्षाको व्यवस्था गर्नुपर्ने र राज्यका सबै संरचनामा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागू गर्नुपर्ने र नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?