ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

त्रिविले स्ववियु निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गर्यो

१६ फाल्गुन २०८१, शुक्रबार
१६ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं, १६ फागुन ।

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले क्याम्पस र कलेज निर्वाचन समितिहरूलाई १३ बुँदे निर्देशन जारी गरेको छ।

शुक्रबार त्रिविका केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले आगामी स्ववियु निर्वाचन ५ चैतका लागि निर्देशन जारी गरेको हो। रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको हो।

त्रिविले जारी गरेको १३ बुँदे निर्देशन:

१. क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्नेछ। साथै विशेष आवश्यकताका आधारमा अन्य समिति पनि गठन गर्न सकिनेछ।

२. संघ संगठन समूह दर्ता फारम, एजेन्ट संख्या, उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढाँचा लगायत आवश्यक फारमहरू क्याम्पस/कलेज निर्वाचन समितिले तयार गर्नेछ।

३. स्ववियु निर्वाचनमा प्रत्यक्ष तर्फ भाग लिने “समूह” भन्नाले मतदाता सूचीमा नाम भएका विद्यार्थीहरू मध्येबाट एकजना संयोजक सहित कम्तिमा ११ जना सदस्य रहेको “समूह” बनाउनु पर्नेछ र उक्त समूहको बैठकले त्यस्तो समूह गठन गरेको निर्णय प्रतिलिपि प्रमाणित गरी समूह दर्ता गर्नुपर्नेछ।

४. क्याम्पस विद्यार्थी कल्याण प्रमुख संयोजक वा सदस्य सचिव रहने उल्लेख हुनुलाई निर्वाचन अधिकृत वा निर्वाचन समितिको सदस्य सचिव रहने व्यवस्थाको रूपमा स्पष्ट गरिएको छ। क्याम्पस विद्यार्थी कल्याण प्रमुख नियुक्त नभएको अवस्थामा क्याम्पस प्रमुखले क्याम्पसका शिक्षकहरू मध्येबाट स्ववियु निर्वाचन प्रयोजनको लागि आवश्यक जिम्मेवारी तोक्न सक्नेछन्।

५. क्याम्पस कलेजमा स्नातक तह वार्षिक प्रणाली अन्तर्गत पहिलो वर्ष र सेमेस्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ।

६. क्याम्पस/कलेजमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तह पहिलो सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ।

७. क्याम्पस कलेजमा स्नातक तह वार्षिक र सेमेस्टर प्रणाली अन्तर्गत दोस्रो, तेस्रो सेमेस्टर र वर्षमा भर्नाको सन्दर्भमा ५ दिन अगाडि सम्मको भर्ना तोकिएकोमा उक्त दिन सार्वजनिक विदा परेमा क्याम्पस/कलेज खुलेको दिनलाई बुझ्नु पर्नेछ।

८. डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले २०५१ फागुन १ गतेदेखि चैत्र ४ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरी त्यस बीचमा परीक्षा दिएका वा दिइरहेका विद्यार्थीहरू सोही वर्ष र सेमेस्टरका मतदाता को रूपमा रहनेछन्।

९. त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धि निर्देशिका २०८१ को दफा १३ को उपदफा ४ मा उल्लेख भएको वर्तमान स्ववियुको पदावधि सम्बन्धि व्यवस्थाको सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को परिच्छेद २ को दफा ३४८ को बुँदा (घ) आकर्षित हुनेछ।

१०. त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको मताधिकार कुनै एउटा क्याम्पसको एउटा तहको एउटा कक्षाको लागि मात्र हुनेछ।

११. वार्षिक/सेमेस्टर प्रणाली अन्तर्गत अन्तिम वर्ष सेमेस्टरमा यदि सैद्धान्तिक विषय नभएको अवस्थामा उक्त वार्षिक/सेमेस्टरको अवधि साधारणतया एक वर्ष र छ महिनाको हुने भएकोले अन्तिम वर्ष सेमेस्टर भन्नाले उक्त वर्ष सेमेस्टर भन्दा अघिल्लो वर्ष सेमेस्टरको परीक्षा सकिएको दिनदेखि एक वर्ष छ महिनाको अवधिसम्म मात्र मताधिकार रहने छ।

१२. निर्वाचन तालिकाको क्रमसंख्या ६ र १२ नम्बर बुँदाको कार्यक्रम यथावत हुनेगरी आवश्यकता अनुसार क्याम्पस निर्वाचन समितिले निर्वाचन तालिकामा हेरफेर गर्न थप आचारसंहिता जारी गर्न र मतदानको दिन आवश्यक परेमा समय थप गर्न सक्नेछ।

१३. स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको दिन क्याम्पस/कलेज हाताभित्र स्वयं सेवकको व्यवस्थालाई पूर्ण रूपमा निषेध गरिएको छ।

यसरी, त्रिभुवन विश्वविद्यालयले आगामी स्ववियु निर्वाचनको प्रक्रिया सुसंगत र पारदर्शी बनाउनका लागि विभिन्न निर्देशनहरू जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?