© २०२३
सिद्धान्त र व्यवहारमध्ये सिद्धान्त मुख्य हो । सिद्धान्त व्यहारमा प्रयोग गर्नकै लागि हो । व्यवहारमा प्रयोग नगर्ने सिद्धान्तको कुनै अर्थ महत्व र औचित्य हुदैन । सिद्धान्त र व्यवहार वीच समाजमा ठूलो खाडल छ । कम्युनिष्टहरू सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्ने कार्यकर्ताहरू हुन् । उनीहरूले सिद्धान्तको अध्ययन त गर्नै पर्छ तर ती सिद्धान्तहरूलाई आफैले व्यवहारमा प्रयोग गर्न संगठित शक्ति आवश्यक पर्छ । संगठित शक्तिले त्यतिखेर मात्र सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्न सक्छ जतिखेर आफू सबैभन्दा उच्च सैद्धान्तिक व्यक्ति र उसको उच्च व्यवहारीक क्षमता भएको नेतृत्वको मातहतमा आफू रहन सक्छ । आफू सिद्धान्तको अध्ययन गर्ने र त्यसलाई व्यवहारमा प्रयोग गर्नेहरू पंक्तिबद्ध हुनुपर्छ । त्यो पंक्तिको आफ्नो स्थान आफैले निश्चित गर्न सक्नुपर्छ कि आफू आफू भन्दा माथि र आफूभन्दा तल क कसको स्थान रहनुपर्छ । आफूभन्दा माथिल्लो स्थानमा भएकाको निर्देशन मान्ने र आफूभन्दा तलकाहरूलाई आफू भन्दासंग सम्वन्ध राखेर आफ्नो विरोधमा उत्रन्छन् । त्यस्तो अवस्थामा संगठनको विधान, घोषणापत्र, नियमावली आदिको आवश्यकता पर्दछ । विधान नियमावली अन्तर्गत त सबै रहनुपर्छ । त्यो संगठनको अनिवार्य शर्त हो र सबैका लागि अनिवार्य पनि हो । सगठित शक्ति नभएसम्म समाजमा सिद्धान्त र व्यवहार वीच एकरूपता प्रदर्शन गर्न सकिन्न । त्यसकाकारण आफ्नो संगठनको स्थान अर्कोले कब्जा गरेको अवस्थामा संघर्ष गर्ने सिवाय अर्को हतियार आफूसंग रहन्न । संघर्ष कसका विरुद्ध गर्ने र संगठनका पंक्तिलाई यथास्थानमा राखेर आफ्नो स्थान कसरी निश्चित गर्ने समस्या त्यसैमा हुन्छ । त्यो संगठनको उच्चता पनि त्यसैमा रहेको हुन्छ । हामी प्रकृति तिर फर्केर शिक्षा लिनुपर्ने हुन्छ । चराले आफ्नो बच्चा हुर्काउने वेलामा धेरै चारो खुवाएर हुर्काउने गर्छ । जब बच्चा गुँड छाडेर उड्ने प्रयत्न गर्छ । त्यतिखेरसम्म चारो खुवाइ रहन्छ । उसले त्यो वच्चाले गुँड छाडेर आकास र जमिनमा जाने प्रयत्न गर्छ । उसको चुच्चोले जमिनबाट जाने प्रयत्न गर्छ । उसको चुच्चोले जमिनबाट आफ्नो चारो (खाना वस्तु) आफै टिपेर खाने अभ्यास गर्नुको सट्टा आफ्ना अभिभावकको चुच्चोमा आफ्नो चारो भएको महसुस गरेर आमाको चुच्चोतिर ध्यान लगाउँछ । त्यतिखेर आमाले उसको वच्चाको चुच्चोमा चारो दिनुको सट्टा झन वच्चालाई ढुंगेर आफू टाढा हुन खोज्दछ । त्यो पछिमात्र आफै आफ्नो खाना प्रकृतिबाट नै लिनुपर्ने बाध्यता उसले महसुस गर्छ । आफ्नै चुच्चोले प्रकृतिबाट चारो टिप्नुपर्ने अभ्यासको समयमा उसको आफ्नो तौल घटिरहेको हुन्छ र चारो टिप्न आफै सक्षम नहुँदासम्म तौल घटि रहेको हुन्छ । चारो टिपेर खान सक्षम भएपछि मात्र उसको तौल वढ्न शुरु गर्छ । कम्युनिष्ट पार्टीका अविभावक जनता हुन् । जनताबाट आफ्नो पारिश्रमिक लिएर संचालन गर्न सक्षम नहुने हो भने नेतृत्वले त्यो कार्यकर्ता स्वीकार्दैन । एकातिर सिद्धान्त र व्यवहारवीच गहिरो खाडल छ, अर्कोतिर जनताले सिद्धान्तका कुरा बुझ्दैनन् । त्यस्तो अवस्थामा कम्युनिष्ट कार्यकर्ताले नेतृत्वको दावा गर्ने भन्दा वढि जनताको राजनीतिक चेतनाको स्तर उच्च वनाउन प्रयत्न नगरी हुन्न । एक्लै जनताको राजनैतिक चेतनास्तर उच्च वनाउन सकिन्न ।
त्यसकारण पार्टीले जहाँ र जे जिम्मा दिन्छ त्यो पूरा गर्नैपर्छ । वरु आफू संलग्न भएको पार्टी कम्युनिष्ट पार्टी हो वा होइन सहि मुल्यांकन गर्ने आफ्नो क्षमता वढाउनु पर्छ र आफ्नो उद्देश्य सर्वहारा वर्गको अधिनायकत्वमा रहने कामका लागि निश्चित उद्देश्य नभएमा अवसरको उपयोग गर्ने कुरा त भयो नै तर साँच्चै आफू सर्वहारा वर्गको अधिनायकत्व अन्तरगत रहने नै हो भने आफ्ना कमजोरी तिरपनि ध्यान दृष्टि दिनै पर्छ । त्यसैभएर धेरै निम्न पुंजीपति वर्गका मान्छेहरूले अलिअलि अध्ययन र १०÷२० वर्ष कम्युनिष्ट पार्टीमा काम गरेको र नेतृत्वको स्थानमा पुगेको अवस्थामा आफ्नो श्रम वेच्ने योग्यताको कमी हुने र एकातिर आफू नेतृत्वमा नभएसम्म आफ्ना दैनिक समस्या समाधान गर्न नसक्ने अर्कोतिर भएको हुनाले पलायनको वाटो रोज्नैपर्ने अवस्था आउँछ । यो कम्युनिष्ट पार्टीबाट पलायन हुने पहिलो कारण हो । पुँजीवादको विकास भै नसकेको देशमा निम्न पुँजीपति वर्गको पृष्ठभूमिका धेरै जस्तो पार्टी सदस्यहरूले नेतृत्वको दावा गर्दा योग्यता नपुगेर हार खाने अनि दैनिक समस्या समाधान गर्न अवसरवादी पार्टी नबनाइन हुने अवस्था आफैले निम्त्याउन परेको अवस्था पनि हो । उनीहरू निम्न पुँजीपतिहरूको पार्टीमा जान्छन् ।
कम्युनिष्ट आन्दोलन वर्ग संघर्षको आन्दोलन हो । प्रत्येक टुटफुट,गुट उपगुट आदि विभिन्न किसिमका समस्याहरू समाधान गर्दै अघि वढ्ने सिलसिलामा सर्वहारा वर्ग र उसको अधिनायकत्वले पार्टीमा ठाउँ पाउँदै जान्छ । काम गर्दै जाँदा एकातिर वर्गको अधिनायकत्व अन्तरगत काम गर्नुपर्ने आफ्नो श्रम वेच्ने योग्यता क्षमताको विकास गर्न नसक्ने अर्कोतिर पार्टीको सर्वोच्च नेता हुने महत्वाकांक्षा पाल्ने दुई अन्तरविरोधबाट पलायनको बाटो रोजेर अवसरबादी पार्टीतिर ध्यान गएर पनि कम्युनिष्टबाट पलायन हुन्छन् । समाज निरन्तर परिवर्तन भैरहेको हुन्छ । परिवर्तन भएर नयाँ परिस्थितिमा आफू नयाँ नयाँ किसिमले रूपान्तरण हुनुपर्ने पार्टीको पनि वाध्यात्मक अवस्था हो । नयाँ परिस्थितिमा नयाँ योग्यता क्षमता भएका व्यक्तिहरूलाई पार्टीमा नल्याई नहुने अवस्थामा व्यक्तिले निर्वाह गरेको भूमिकाको काम नलाग्ने भएको हुनाले परिवर्तित अवस्थामा आफ्नो भूमिका समय अनुसार रूपान्तरण गर्न नसक्ने पार्टी सदस्यले पार्टीमा ठाउँ खाली गराउनुपर्ने हुँदा त्यो व्यक्ति पलायन भै अरू अवसर खोज्न जान्छ । त्यो पनि पार्टी छाड्ने एउटा कारण हो । जनताको वीचमा पार्टीका काम गरेर जनताबाटै आफू पालिन सक्ने अवस्था नहुँदासम्म अथवा त्यस्तै गर्न सक्ने आफ्नो क्षमता विकास गर्न नसक्दासम्म पार्टीले कुनैपनि व्यक्ति माथि लगानी गर्न सक्दैन । पार्टीलाई व्यक्ति चाहिने र व्यक्तिलाई पार्टी चाहिने दुवै अवस्थामध्ये दोश्रो पक्ष वढि महत्वको हुन्छ । व्यक्तिलाई जसरी पनि पार्टी चाहिन्छ । त्यसैले पार्टीको अनुशासन मान्नुपर्छ ।
कम्युनिष्ट पार्टी निश्चित वर्गको पार्टी हो । वर्गको व्यक्ति एक्लै मुक्त हुन नसक्ने नभएको हुनाले पार्टी बनेको बनाएको हो । मुक्ति हुन सबैभन्दा पहिले आफ्नो गन्तव्य निश्चित नभएका धेरै व्यक्तिहरू पार्टीहरूमा समावेस भएका हुन्छन् । जब वर्गीय मुक्तिका कुराहरू अगाडि आउँछन् गैर वर्गका व्यक्ति कि समर्थक भएर बस्नु पर्ने कि पार्टी छाड्नुपर्ने अवस्था आउँछ । त्यस्तो अवस्थामा कि वर्ग भै आफ्नो मुक्तिको लागि काम गर्नुपर्ने र त्यस्तो गर्न नसके अर्कालाई ठाउँ खाली गर्नुपर्ने अवस्थामा आफैले उद्देश्य निश्चित गरेर काम गर्नुपर्ने हुन्छ । कम्युनिष्ट पार्टीको उद्देश्य नबुझिकन धेरै मान्छेहरू कम्युनिष्ट पार्टीमा आउँछन् । कम्युनिष्ट पार्टी बनि बनाउ पार्टी होइन । जनतामध्येका व्यक्तिहरूलाई पार्टीमा ल्याएर अध्यन र संघर्ष गर्न सिकाउने हो । जब उद्देश्य थाहा पाउँछन् उनीहरूको उद्देश्य भिन्न भएको थाहा पाएपछि त्यहाँ रहन सक्दैनन् र पलायन हुन्छन् । समाजमा विभिन्न किसिमका भ्रम छन् । ती भ्रमहरूलाई पन्छाएर मात्र सत्य पत्ता लगाउन सकिन्छ । भ्रम पन्छाउन नसक्ने व्यक्ति तिनै भ्रमको सिकार हुन्छ र कम्युनिष्ट पार्टीबाट पलायन हुन्छ । सबै भन्दा ठूलो भ्रम अलौकिक शक्तिले मानव मुक्तिको लागि काम गर्छ । सिद्धान्त र व्यवहार वीच धेरै भिन्नता भएको कारणले जनताका वीचमा काम गरेर सिद्धान्तको रक्षा गर्न कठिन छ । जनताले समाजमा परिवर्तन हुन्छ भन्ने आधारमा विश्वास गर्नु र राजनीतिक पार्टीहरूलाई उनीहरूको सिद्धान्तको आधारमा सहि र गलत भएको छ्ुट्टाएर मूल्यांकन गर्दैनन्, गर्न सक्दैनन् । राजनैतिक पार्टीहरूको इतिहास, उनीहरूको तात्कालिन कार्यक्रम र दीर्घकालीन कार्यक्रमको आधारमा मूल्यांकन गर्छन् । उता राजनीतिक कार्यकता हुँ भन्ने व्यक्तिका पनि दैनिक समस्या त समस्यै हुन् । उनीहरूको व्यवहार पनि जनताको भन्दा छुट्टै र माथिल्लो स्तरको देखाउन सजिलो छैन । त्यस्तो हुनाको कारण समाजमा धेरै र उत्पादनका साधन थोरै भएपनि आफ्नो नाममा नभईकन दैनिक आवश्यकता पूरा गर्न धेरै अप्ठ्यारो छ । उद्योग धन्दा र रोजगारीका ठाउँहरू सिमित भएका कारण श्रमजीवीहरूको पारिश्रमीक अति थोरै भएर जीवनस्तर धेरै तल्लो स्तरको बनाउनुपर्ने वाध्यता एकातिर छ भने राज्यसत्ताका व्यक्तिहरूले राज्यको आम्दानी आफ्नो हातमा पारे । फुर्ति फार्तीसहित आफ्नो खर्च चलाउने मात्र गर्दैनन् । आफनो मान्छेलाई रकम समेत बाँड्ने गर्छन् । त्यसो गर्दा नैतिक चरित्र वचाएर एउटा आदर्श व्यक्ति भै आफ्नो परिश्रमिकमा बाँच्न चाहनेलाई नैतिक पतन गराउने काम यहि समाजमा भैरहेको हुन्छ । त्यस्तो पतन कि म आफ्नो पसिनामा बाँचेको छु भन्न नसक्ने अवस्थामा पु¥याईदिन्छन् ।
सुराकी वनाएर पार्टीका सबै गतिविधि आफूलाई थाहा हुने गराउन प्रयत्न गर्छन् । त्यस्तो समय संभव नभएको परिवारका सदस्यहरूसंग सम्वन्ध विकास गरेर नैतिक पतन गराउने प्रयत्न गर्छन । फेरि नैतिक हौं भन्नेबाट उसलाई अप्ठ्यारो परेको अवस्थामा उसलाई झन अप्ठेरो पार्ने अथवा आफूबाट समस्या समाधान गराएर आफ्नो विपक्षमा जान नसक्ने वनाउने प्रयत्न गर्छन् । अनेक अनेक प्रयत्न गर्छन कि उ स्वतन्त्र रूपले राजनैतिक व्यक्ति हुँ भनेर शीर ठाडो गरेर हिड्न नसक्ने गरी अंकुस लगाउँछन् । यस्तो कुरा पार्टी वाहिरका मान्छे मात्रले होइन, आफ्नो पार्टी भित्रैका नेता हुँ भन्नेले समेत प्रतिद्वन्दीको नैतिकतामा दाग लगाउन प्रयत्न गर्छन । यी सबैबाट भन्न सकिन्छ कि राजनैतिक वातावरण दुषित पारेर भएपनि आफू नेताकै स्थानमा अडिन रहन कुनै कसर कसैले बाँकी राख्दैनन् । यो सबै समाजको राजनैतिक चेतनास्तर निम्न भएको परिचायक अवस्था हो । यस्तो प्रतिकूल अवस्था भएपनि आफ्नो निरन्तर श्रम खर्च टार्ने र सिद्धान्तको अध्ययन गर्दै अस्तित्वको लागि संघर्ष गर्ने भन्दा सजिलो र छोटो बाटो क्रान्तिकारीको सामु अर्को छैन । जीवनभर निरन्तर सबै विजातीय तत्वहरूसंग संघर्ष गरेर आफ्नो अस्तित्व वचाउने प्रयत्न नगर्र्ने व्यक्ति क्रान्तिकारी भै काम गर्न सक्दैन । हाम्रो कामको मुल्यांकन जनताले गर्नेछन् । किनभने इतिहासका निर्माता जनता हुन्, जनता अहिले सचेत नभएपनि परिस्थितिले सचेत नभै नहुने गरी उनीहरूलाई खबरदारी गरिरहने छन् ।
वर्तमान समाज आफ्नो फाइदाको लागि अरूलाई उपयोग गर्ने समाज हो । कम्युनिष्ट पार्टीको सत्ता स्थापित हुन र आफू सत्तासिन हुन पाइने निश्चित भएको महसुस हुने भए धेरै संख्यामा जनताका तर्फपनि र सबैभन्दा धेरै अवसरवादीहरू कम्युनिष्ट पार्टीमा जसरी भएपनि प्रवेश गर्ने थिए । सत्ता निश्चित रूपमा कम्युनिष्ट पार्टीको हातमा आउने छ तर कम्युनिष्ट पार्टी मजदुर किसान र वुद्धिजीवीहरूको पार्टी भएपछि र सर्वहारा वर्गको अधिनायकत्व पार्टी भएपछि मात्र त्यो सत्तासिन हुने छ, जनताको पार्टी हुनेछ । सर्वसाधारण जनताको पहुँचमा हुने छ । यहि कुरा राम्ररी बुझी नसकेको हुनाले धेरै निम्न पुँजीपतिहरू र अवसरबादीहरूले फाइदा नहुने देखेर पार्टीमा प्रवेश गरेका छैनन् । एकातिर प्रवेश गरिहालेका अवसरवादीहरू पनि अवसरको उपयोग गर्न नपाएपछि अथवा आफ्नो नेतृत्वको भोग प्यास मेटाउने सम्भावना नदेखेपछि पहिले भावनात्मक हिसाबले निस्कृय हुने र पछि संगठनात्मक हिसावले पलायन हुने प्रयत्न गर्ने गर्दा पार्टीबाट अलग हुने गर्दछन् । कम्युनिष्ट पार्टीमा लाग्ने जनतालाई अन्याय, अत्याचार र शोषण दमनबाट मुक्ति दिलाउनको लागि हो । आफू पहिल्यै मुक्त नभैकन जनतालाई मुक्त गर्न सकिन्न । पहिलो शर्त आफू मुक्त हुने हो । आफू मुक्त हुने भनेको आफ्नो श्रम वेचेर आफ्ना दैनिक आवश्यकता पूरा गर्ने र केहि समय र केहि रकम बचाएर सर्वहारा वर्गको स्वार्थमा खर्च गर्न सक्ने योग्यताको विकास गरेर मात्र हो । त्यो भनेको श्रम गर्न सक्ने क्षमताको विकास गर्ने र सेवाको भावनाले काम गर्ने हो ।