ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

लुम्बिनी प्रादेशिक अस्पतालः विपन्नदेखि सम्भ्रान्तसम्मको रोजाईं

१६ फाल्गुन २०८१, शुक्रबार
१६ फाल्गुन २०८१, शुक्रबार

कुनै बेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीको उपचार गर्नेभन्दा पनि आफैँ रोगी थियो । आकस्मिक कक्षमा बिरामीको चापले गर्दा उपचारमा समेत समस्या हुने गथ्र्याे । आकस्मिक कक्षमा बेड अभावको कारण बिरामीलाई समस्या त हुन्थ्यो नै, उपचार गर्ने चिकित्सकलाई पनि उपचार गर्न समस्या पथ्र्यो । त्यतिमात्र होइन, अस्पतालमा उपचार गर्न जाने बिरामी बेड नपाएर भुइँंमा सुत्नुपर्ने अवस्थासमेत थियो ।

तर, अहिले भने अवस्था फेरिएको छ । आफैँ बिरामी रहेको प्रादेशिक अस्पतालको आकस्मिक कक्षले पछिल्लो समय स्वरुप फेरेको छ । अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार हुँदा सेवाप्रवाह प्रभावकारी बन्दै गएको अस्पतालका आकस्मिक विभाग प्रमुख रामप्रसाद अर्याल बताउँछन । अस्पतालको आकस्मिक कक्ष मात्रै होइन, बहिरंग, अप्रेशन कक्ष, ल्याव, प्रशासन लगायत सबै क्षेत्रको अहिले रुप फेरिंदै गएको छ ।

यो तृतीयस्तरको सरकारी अस्पताल हो । हाल अस्पतालबाट क्याथल्याब सेवासहित मिर्गौलाको डायलाइसिस, प्लाष्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियु, एनआइसियु, बर्थिङ सेन्टर, नेत्र रोग, हाड जोर्नी तथा नसा रोग, दन्त, नाक, कान घाँटी, आँखा, मनोरोग लगायतका विशिष्टिकृत सेवा संचालनमा छन् । अस्पतालमा १२७ जना चिकित्सक (विशेषज्ञ र मेडिकल अधिकृत), २९४ नर्सिङ कर्मचारी, १५७ पारामेडिक्स कर्मचारी, २८ जना प्रशासनिक कर्मचारी, १८९ जना कार्यालय सहयोगीरसरसफाइकर्मी, २६ जना सुरक्षागार्ड तथा २८ जना अन्य गरी ८५१ जना कार्यरत छन् ।

यो प्रादेशिक अस्पताल कुनै बेला ‘रिफर सेन्टर’ र सरकारी जागिर खाने थलोका रुपमा परिचित थियो । तर उहिले र अहिलेमा धेरै परिवर्तन आएको छ । अहिले यो अस्पताल प्रदेशकै गौरव बनेको छ । कुनै समय तीन बेडको आइसियु उद्घाटन भए पनि चार वर्षसम्म सञ्चालन हुन सकेको थिएन, यही अस्पतालमा अहिले ५० बेडको आइसियु बनेको छ ।

छोटो समयमा अस्पताललाई सुधार गर्नेहरु डा.राजेन्द्र खनाल, तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष सूर्य भट्टराई र कार्यान्वयन चरणमा नियुक्त भएका डा. इन्द्र ढकाल रहेको अस्पतालका कर्मचारीहरु सम्झन्छन् । त्यसो त यसअघिका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल विकास समितिका अध्यक्ष पनि यो सफलताका केही हिस्सेदार रहेका छन् । अस्पताल विकास समितिका वर्तमान अध्यक्ष अजयमान श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल यतिबेला अस्पतालको स्तरोन्नतीसँगै आन्तरिक व्यवस्थापन सुधारमा सक्रिय छन् ।

आफू आउनासाथ अस्पतालको सुधार कसरी गर्न सकिन्छ भनेर लागिपरेको अस्पताल विकास समितिका अध्यक्ष सूर्य भट्टराई बताउँछन् । “सामूहिक रुपमा दृढ संकल्पका साथ अस्पताल सुधारमा लाग्ने अठोट गरेकाले आज अस्पताल साँच्चै अस्पताल जस्तै बनेको छ”–उनले भने ।

विपन्नदेखि सम्भ्रान्त वर्गको रोजाईं

स्वास्थ्य सेवालाई विशिष्टिकृत गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पताल गरिव तथा विपन्न परिवारको सहारादेखि सम्भ्रान्त वर्गको रोजाइमा समेत पर्ने गरेको छ । पहिले ग्रामीण क्षेत्रबाट अत्यधिक चाप हुने गरेको यो अस्पतालमा अहिले भने बुटवल लगायत आसपासका सहरी क्षेत्रबाट समेत ठूलो संख्यामा मानिसहरु उपचारका लागि आउने गरेको पाइएको छ । सरकारी अस्पतालप्रति विश्वास बढ्दै गएको र यहाँको सेवामा पनि सुधार हुँदै गएकाले सम्भ्रान्त वर्गले समेत उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताललाई रोज्ने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढकाल बताउँछन् । “अव यो अस्पताल गरिबहरुको उपचार गर्ने अस्पताल मात्रै रहेन, सबै खाले मानिसको उपचार गर्ने अस्पतालको रुपमा परिचय बनाइसक्यो”–उनले भने ।

अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ एउटै छानामुनि सबै सेवा पाउँदा सबैखाले सेवाग्राहीमा आकर्षण बढेको बताउँछन् । “निजी अस्पताल कुनै रोग विशेषलाई केन्द्रित गरेर खोलिएको हुन्छ, तर यहाँ सबै सेवा उपलव्ध हुँदा आम मान्छेको आकर्षण बढेको हो”–उनी भन्छन् ।

‘सामाजिक सेवा इकाई’ विपन्नको सहारा

अस्पतालमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सेवा इकाई कार्यक्रमले सेवाग्राहीलाई ठूलो राहत दिएको छ । सिधा अर्थमा भन्दा ‘सामाजिक स्वास्थ्य इकाई’ गरिव तथा विपन्न परिवारको साथ र भरोसा बनेको छ भन्दा हुन्छ । आर्थिक रुपले विपन्न, वृद्ध–वृद्धा, सामाजिक रुपमा पिछडिएका तथा लक्षित वर्गले उपचार सेवामा सहुलियत प्राप्त गर्ने भएपछि सेवाग्राहीको चासो र चाप बढ्दै गएको छ । आंशिक तथा पूर्ण निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नेभएपछि सेवाग्राहीको आकर्षण र विश्वास बढ्दै गएको हो ।

सामाजिक इकाई मार्फत अस्पताल बिकास समितिले आफ्नो आन्तरिक श्रोतबाट पछिल्लो आर्थिक वर्ष २०८०÷८१ मा साढे २ करोड रकम बराबरको स्वास्थ्य उपचार तथा सेवा उपलब्ध गराएको छ । यसैगरी चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकमा मात्रै ६१ लाख बढी रकमको सेवा उपलब्ध गराएको छ ।

अस्पतालमा सामाजिक स्वास्थ्य इकाई मार्फत चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ हजार ४६ जनालाई सेवा उपलब्ध गराइएको इकाईका प्रमुख नेत्रप्रसाद आचार्यको भनाइ छ । जसमध्ये लक्षित समुह अन्तर्गत गरिव परिवारका ६५९ जना, जेष्ठ नागरिक १ हजार २७३ जना, असहाय २५ जना, अपाङ्गता भएका व्यक्ति ६२ जना, कुपोषित बालबालिका ७, महिला स्वास्थ्य स्वयंसेविका ३, थुनुवा १४ र प्राकृतिक प्रकोप प्रभावित २ जना रहेका छन् । अस्पतालमा जाँचपड्ताल तथा अप्रेशन, औषधी उपचार खर्च तथा आईसियु सेवाका लागि कुल ६१ लाख ७८ हजार ४९६ रुपैयाँ रकम बराबरको स्वास्थ्य सेवा पहिलो चौमासिकमा उपलब्ध गराइएको सामाजिक सेवा इकाईको तथ्याङ्कमा उल्लेख छ ।

अस्पताल विकास समितिले आफ्नै खर्चमा विपन्न, गरिव तथा लक्षित वर्गहरुलाई सामाजिक इकाईबाट सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष अजयमान श्रेष्ठ बताउँछन् । तर यसरी सेवा दिने क्रममा कतिपय जनप्रतिनिधिले विपन्नको नाममा पहुँचको आधारमा सम्पन्न व्यक्तिकै सिफारिश गर्दा चुनौती देखिएको श्रेष्ठको भनाइ छ । अस्पतालले विपन्नहरुको उपचार मात्र होइन बेसहाराहरुको व्यवस्थापनका लागि समेत काम गर्दै आएको छ । बुटवलको मानव सेवा आश्रमसँग सहकार्य गरी बेवारिसे अवस्थामा रहेका नागरिकलाई औषधी उपचारपछि आश्रममा बासको लागि व्यवस्था मिलाउने गरिएको छ । उपचार सेवालाई सहज बनाउनका लागि गरिव तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक इकाईका प्रमुख आचार्य बताउँछन् । विपन्न परिवारका विरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरुलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यको भनाइ छ ।

अस्पतालमा ६० देखि ८० वर्षसम्मका जेष्ठ नागरिकलाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० वर्ष माथिका जेष्ठ नागरिकलाइ पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । इकाई मार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समूहको परिचय पत्र, नागरिकता लगायतको आवश्यक कागजपत्रहरु पेश गर्नुपर्ने नियम रहेको छ ।

अस्पतालले लक्षित समूहलाई तीन प्रकारको सेवा प्रवाह गर्दै आएको छ । जसमा ओपिडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक सेवातर्फ ५ हजार सम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अपे्रशन तथा भर्ना भएका बिरामीहरुलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरेको छ । सेवा इकाईले २४ घन्टा नै सेवा दिदै आएको छ । सरकारले लक्षित समूहलाई छिटो छरितो र निःशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सहित देशभरका ४४ वटा अस्पतालमा इकाई संचालन गरेको छ ।

पछिल्लो चौमासिक २०८१÷८२ (साउनदेखि कात्तिकसम्म) को तथ्याङ्क

अघिल्लो आर्थिक वर्षको अवधिमा २ करोड ४३ लाख ८५ हजार ३०८ रुपैयाँ बराबरको सेवा उपलब्ध गराइएको स्वास्थ्य सेवा ईकाइको तथ्याङ्कमा छ । जसमध्ये जाँचपड्ताल तथा अप्रेशन सेवाका लागि १ करोड २१ लाख ३५ हजार ३० रुपैयाँ, औषधी खर्चका लागि १ करोड २ लाख ८४ हजार ५५८ रुपैयाँ तथा आईसियू सेवातर्फ १९ लाख ६५ हजार ७१९ रुपैयाँ खर्च भएको छ । अस्पतालमा ७ हजार ९७ जना लक्षित समुदायका बिरामीलाई सो अवधिमा सामाजिक सेवा ईकाइबाट उपचार सेवा उपलब्ध गराइएको छ ।

अस्पतालमा आर्थिक वर्ष २०७९÷८० मा ३ करोड १७ लाख ३६९ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । उक्त अवधिमा ७ हजार ६९७ जनाले सेवा लिएका छन् । यसैगरी आर्थिक वर्ष २०७८÷७९ मा ६ हजार ९८० जनाले सामाजिक सेवा इकाईबाट लाभान्बित भएका छन् ।

यस्तै दम र ब्रोङकाइटिस रोगका लागि लुम्बिनी प्रदेश सकारले उपलब्ध गराउँदै आएको ५० हजार अनुदान कार्यक्रमबाट ९ जनालाई २ लाख २५ हजार ८८४ रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराएको छ । उक्त कार्यक्रममा समेत अस्पताल विकास समितिले खर्च व्यवस्थापन गर्नुपरेको छ । यसैगरी सिकलशेल एनिमियाका बिरामीहरुका लागि ४ लाख ८३ हजार ६१२ रुपैयाँ बराबरको औषधी उपचार खर्च उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । हाल अस्पतालमा ७४ जना सिकलसेलका बिरामीहरुले नियमित चेकजाँच तथा उपचार सेवा लिइरहेका छन् ।

बिरामी कुरुवालाई खाना नास्ता

उपचार सेवालाई सहज बनाउनका लागि गरिव तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको छ । विपन्न परिवारका विरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरुलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालमा गरिव विरामीको कुरुवालाई खाना तथा खाजा खर्च बापत ५९ हजार ३ सय खर्च भएको छ । जसमा ५३ जनालाई खाना र ८ जनालाई खाजा उपलब्ध गराइएको थियो ।

बढ्दै प्रसुती सेवा लिनेको संख्या

लुम्बिनी प्रदेश तथा छिमेकी प्रदेश समेत गरी विभिन्न १६ जिल्लाबाट स्वास्थ्य सेवाका लागि आउने यस अस्पतालमा प्रसुती सेवा लिनेको सङ्ख्या समेत हरेक वर्ष वृद्धि हुँदै गएको तथ्याङ्कले देखाउँछ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार गतवर्ष १२ हजार ९५ जना महिलाले प्रसूति सेवा लिएका छन् । प्रसूति सेवा दिने पनि यो अस्पताल प्रदेशकै सबैभन्दा ठूलो अस्पताल हो ।

गत आर्थिक वर्षमा ७ हजार ५४८ जनाको सामान्य प्रसूति हुँदा ४ हजार ५४७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको छ । त्यस्तै ९ हजार ७६५ जना विभिन्न समस्याका बिरामीको शल्यक्रियामार्फत उपचार गरिएको डा. ढकालले जानकारी दिए ।

सेवाग्राहीको चाप बढ्दो, अनुदान घट्दो :

अस्पताल विकास समितिले आफ्नै खर्चमा विपन्न, गरिव तथा लक्षित वर्गहरुलाई सामाजिक इकाईबाट सेवा उपलब्ध गराउँदै आएको छ । नेपाल सकारले सो कार्यक्रमका लागि वर्सेनि अनुदान घटाउँदै लैजाँदा यसको व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको छ ।

संघीय सरकारबाट यो कार्यक्रमका लागि वार्षिक १ करोड बजेट विनियोजन हुने गरेको छ (चालु आवमा भने १० लाख मात्रै विनियोजन भएको) । कर्मचारीहरुलाई संघीय सकारले उपलब्ध गराउने सोही अनुदानबाटै तलब तथा सेवा सुविधा उपलब्ध गराउनु पर्ने बाध्यता रहेको छ । यसरी कर्मचारीको समेत व्यवस्थापन गर्नुपर्दा नगन्यमात्रै अनुदान रकम खर्च गर्न पाइने भएकाले अस्पताल बिकास समितिले यसको भार व्यहोर्दै आएको छ । अस्पतालमा सामाजिक सेवा इकाईतर्फ १० जना कर्मचारी कार्यरत छन् ।

अस्पतालमा यो कार्यक्रम अन्तर्गत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारकार शल्यक्रिया तथा औषधी खर्च समेत उपलब्ध गराइँदै आएको छ । स्थानीय सरकारले समेत सामाजिक इकाईलाई थप प्रभावकारी र पहुँचमा ल्याउन निश्चित रकम छुट्टयाएर आफ्ना जनताहरुको उपचारमा खर्च गर्न सके राम्रो हुने देखिन्छ ।

स्थानीय सकारले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुका लागि विपन्न, गरिव तथा लक्षित समुदायको भनेर सिफारिस गर्ने बाहेक आर्थिक दायित्व पूरा नगर्दा समस्या थप जटिल बनेको छ । अस्पतालमा लुम्बिनी प्रदेश तथा अन्य प्रदेशका समेत बिरामीहरु उपचारमा आउँदा त्यहाँका स्थानीय सकारले विपन्न, गरिव तथा लक्षित समुदाय उल्लेख गरी सफारिस गरी पठाउने प्रचलन रहेको छ । यसरी आउने बिरामीहरुलाई अस्पतालले सामाजिक सेवा इकाईमार्फत निःशुल्क, आंशिक तथा सहुलियत दरमा सेवा उपलब्ध गराए पनि त्यसको आर्थिक भार भने अस्पताल विकास समितिलाई मात्रै पर्ने गरेको छ । सरकारले केही लक्षित रोगको उपचारका लागि अनुदान उपलब्ध गराए पनि उक्त रकम समेत समय प्रयाप्त हुने गरेका छैनन् ।

कतिपय स्थानीय सकारले हचुवाका भरमा बिरामीलाई गरिव विपन्न परिवार तथा लक्षित समुदाय भनेर सिफारिस गरिदिने समस्या समेत रहेको छ । स्थानीय सकारले नै यसरी गलत काम गरिदिँदा लक्षित समुदायले नभई अन्य समुदायले सेवाको दुरुपयोग गर्ने सम्भावना बढ्दै गएको छ ।

बिगतदेखि वर्तमानसम्म

तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराको पालामा वि.सं. १९६७ फागुन १५ गते ६ शैयाबाट यो अस्पतालको सेवा सुरु गरिएको थियो । सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीमा दुईजना भारतीय चिकित्सकबाट सेवा सुरु गरिएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबभन्दा पुरानो र ठूलो अस्पताल हो ।

३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्तसंचार गृह रहेको स्थानमा सारिएको थियो । हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो ।

फराकिलो स्थानबाट सेवा सुरु गरिएपछि २०२४ सालमा ५० शैया पु¥याएर लुम्बिनी अञ्चल अस्पताल बनाइएको थियो । अञ्चल अस्पताल बनेपछि बिरामीको चाप बढ्दै गयो र २०५० सालमा १ सय शैया पु¥याइयो । २०७५ साल माघमा लुम्बिनी प्रदेश सरकार मातहत आएपछि लुम्बिनी प्रादेशिक अस्पताल बनेपछि अहिले आइपुग्दा अस्पतालमा ५२० शैया पुगेको छ ।

दैनिक २ हजारदेखि बाइस सयसम्म बिरामीहरु उपचारका लागि आउने यो अस्पतालमा सामान्य अवस्थामा पनि ८० प्रतिशत बढी शैयाहरू बिरामीले भरिने गर्छन् । सरकारी ३ सय र अस्पताल विकास समितिमार्फत् एक सय गरी ४ सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरुको अत्यधिक चापका कारण १२४ बेड थप गरी ५२४ बेडबाट बिरामीहरुलाई सेवा प्रदान भइरहेको छ ।

अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालले लुम्बिनी प्रदेशका मात्र नभई अन्य प्रदेशका समेत गरी ४० लाख जनसंख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । श्रेष्ठका अनुसार अस्पतालमा गत आर्थिक वर्ष २०८०÷८१ मा ओपिडीमार्फत ३ लाख ४८ हजार ९७१ जना विरामीले सेवा लिएका छन् । त्यस्तै २६ हजार ९०८ विरामीले भर्ना भएर सेवा लिएका छन् । पछिल्ला तीनवर्ष यता बर्सेनि ५० हजारको हाराहारीमा ओपिडीमार्फत सेवा लिने बिरामीहरुको संख्या बढिरहेको छ । इमर्जेन्सीमा पनि गत आर्थिक वर्ष २०८०÷८१ मा ७२ हजार २४४ जना विरामीले सेवा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?