ट्रेंडिंग:

>> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन

प्रादेशिक अस्पतालको ११५ वर्षमा सबैको बोली:अस्पतालले सेवा दिए बुटवल चलायमान

१६ फाल्गुन २०८१, शुक्रबार
१६ फाल्गुन २०८१, शुक्रबार

बुटवल, १६ फागुन।
प्रदेशकै गौरवको अस्पतालको रूपमा हेरिएको लुम्बिनी प्रादेशिक अस्पताल १ सय १५ औं वर्षमा प्रवेश गरेको छ। अस्पताल स्थापना दिवसको अवसरमा बुटवलमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ। साताव्यापी कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएकोमा अन्तिम दिन बिहीबार बुटवलमा स्थापना दिवस समारोह मनाइएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरिएको बताएका छन्। मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सारुले सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवा सुधार र विस्तारका लागि सघन सहकार्य र सहयोगको आवश्यकता सधैं महसूस भएको बताए।

मन्त्री सारुले अस्पतालमा सेवालाई थप गुणस्तरीय बनाउन आग्रह गरे। स्वास्थ्य सेवा लिन आउने नागरिक आजको जस्तो नहुँदा, उनले सेवाग्राही सचेत भई कुनै पनि कमजोरीहरू भेटिएमा तुरुन्तै प्रतिक्रिया जनाउन सक्ने भएकाले सधैं सचेत भएर सेवामा लाग्न आग्रह गरे। उनले सेवाग्राहीसँग मुस्कानसहितको व्यवहार गर्न आग्रह गरे। प्रदेश सरकारका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ भवनको निर्माण कार्य जारी रहेको बताउँदै यसका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकार बीच समन्वय आवश्यक रहेको उल्लेख गरे।

यसैगरी, निजी स्वास्थ्य संस्थालाई नियमन गर्ने सवालमा समेत मन्त्रालयले तयारी थालेको उनले बताए। कतिपय निजी स्वास्थ्य संस्थाहरूले दर्ता र सूचिकरण नगरीकन सञ्चालनमा आएको बताउँदै त्यस्ता संस्थाहरूलाई नियमन गर्ने तयारीमा रहेको जानकारी दिए। सरकारी र विपन्न वर्गका लागि निजी स्वास्थ्य संस्थाहरूले कम्तिमा १० प्रतिशत जिम्मेवारी बहन गर्नुपर्ने भएपनि सो कुरा कार्यान्वयन भएको छैन। उनले कडाईका साथ नियमनको कार्यान्वयनमा लैजाने तयारी गरेको उल्लेख गरे।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवलको आर्थिक सुस्तताबारे चिन्ता व्यक्त गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको विकास गर्न सकेमा समग्र लुम्बिनी प्रदेशको पहिचान बदलिने उल्लेख गरे। सेवालाई थप गुणस्तरीय गर्दै आधारभूत स्वास्थ्य सेवाको विस्तारलाई विशिष्टीकृत सेवामा केन्द्रित हुन आग्रह गरे। यसका साथै, सीमा क्षेत्रका भारतीय नागरिकलाई पनि अस्पतालमा ल्याउने वातावरण सिर्जना गरेर ठूलो आर्थिक लाभ लिन सकिने बताए। उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले कतिपय अवस्थामा सेवाग्राही र सेवा प्रदायक बीच मनमुटाव हुने गरेको बताउँदै यस प्रकारका कमजोरी हुन नदिन अस्पताल प्रशासनलाई सधैं चनाखो बन्न आग्रह गरे।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवाग्राहीको चाप र अस्पतालमा उपलब्ध स्रोत र जनशक्तिबीच ठूलो भिन्नता भएको उल्लेख गर्दै उक्त कुरालाई जनताबीच पुर्याउन आवश्यक भएको ठहर गरे। नेपाल सरकारको सेकेण्डरी बी लेभलमा रहेको यस अस्पताललाई न्यूनतम सेवा मापदण्डमा मुलुककै पहिलो स्थानमा ल्याउन अस्पताल प्रशासनले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे।

अस्पतालमा भएका समस्याहरूलाई निराकरण गर्नका लागि अस्पताल विकास समिति, प्रशासन र विभागीय प्रमुखबीच समन्वय भैरहनु पर्ने आवश्यकता औल्याए। अस्पतालको नयाँ बन्दै गरेको भवनबाट कसरी सेवा प्रदान गर्ने अहिलेदेखि नै तयारी गर्नुपर्ने बताउँदै अध्यक्ष श्रेष्ठले अन्तरक्रियामा सहभागी हुन अस्पतालका विभागीय प्रमुखहरूलाई आग्रह गरे। ‘हामीले भवन मात्र बनाउने होइन, त्यसमा चाहिने उपकरण र साधन स्रोत पर्याप्त हुन आवश्यक छ।’ – अध्यक्ष श्रेष्ठले भने, ‘स्पतालमा कार्यरत चिकित्सक तथा विभागीय प्रमुखहरूले छलफललाई अगाडि बढाउनुहोस्, कुनै पनि समय सुझाव सल्लाह लिन म तयार छु।’

अस्पताल विकास समिति सदस्य लक्ष्मी भट्टराईले अस्पतालमा जनताको आकर्षण बढ्दै जाँदा सेवाग्राहीको चाप पनि बढेको कारण यसलाई चुनौतीका साथै अवसरको रूपमा पनि लिनुपर्ने बताइन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी दिनमा गर्ने योजनाहरू बारे जानकारी गराएका थिए। अस्पताल प्रदेश सरकार मातहत गएपछि उल्लेख्य रूपमा परिवर्तन आएको दाबी गर्दै ढकालले विस्तारिक अस्पताल सेवा कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे। अस्पतालमा वार्षिक साढे ३ लाखले स्वास्थ्य सेवा लिएको तथ्याङ्क प्रस्तुत गर्दै प्रसूती सेवाको क्षेत्रमा उल्लेख्य प्रगति भएको जानकारी गराए।

कार्यक्रममा बोल्दै मेसु ढकालले अस्पतालमा २ महिनाभित्रै आफ्नै ब्लडबैंक स्थापना गर्ने योजना रहेको सुनाए। यसैगरी, मेमोग्राफी मेशिन सञ्चालन गरी स्तन क्यान्सरको स्क्रिनिङ सेवा सञ्चालन गर्ने तथा पित्त थैलीमा पत्थरी अपरेशनका लागि पालो कुरेर बसिरहेका सेवाग्राहीका लागि छुट्टै प्याकेजको कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी गराए। कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले गरेका थिए। सो अवसरमा अस्पतालका गतिविधि समेटिएको स्मारिका ‘जीवक–३’ विमोचन गरिएको छ।

अस्पतालको स्थापना दिवसको अवसरमा स्वास्थ्य मन्त्री सारुले डिजिटल पेमेन्ट काउन्टरको सुरुआत गरेका छन्। उक्त काउन्टरबाट सेवाग्राहीले डिजिटल माध्यमबाट टिकट काट्ने तथा भुक्तानी सेवा लिन सक्नेछन्। यसैगरी अस्पतालको ईएनटी (नाक, कान, घाँटी) उपचार कक्षमा अडियोग्राम, टिम्पानोग्राम र ओएई टेस्ट सेवाको सुरुआत गरिएको छ। अस्पतालमा इकोकार्डियोलोजीमा ट्रेडमिल टेस्ट (टीएमटी), हल्टर मनिटरिङ र एबीपीएम सेवाको शुभारम्भ गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?