Butwal Today

पूर्व उपप्रधानमन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल श्रद्धाञ्जली दिन लम्साल निवासमा

१६ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

रूपन्देही, १६ फागुन ।

भारतको उडिसा राज्यस्थित मृत भेटिएकी प्रकृति लम्साललाई श्रद्धाञ्जली दिन पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल लम्साल निवासमा पुगेका छन् ।प्रकृति लम्सालको तस्बिरमा श्रद्धाञ्जली एवं माल्यार्पण गर्दै पोखरेलले परिवारलाई नआत्तिन र बिचलित नहुन आग्रह गर्दै परिवारका सदस्यसंग भेट समेत गरेका हुन् ।नेता पोखरेलले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कारबाहीका लागि कुटनीतिक पहल सरकारले गरेको बताए ।

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ८, बंकक्लोनिमा बस्ने प्रकृतिका बुवा-आमा, हजुर बुवासँग प्रकृतिको १३ औं पुन्य तिथिका दिनमा नेता पोखरेल पुगेका हुन् ।उनि संगै नेकपा एमाले निर्बाचन आयोगका केन्द्रिय सदस्य भरत कुमार पोखरेल, नेकपा एमाले रूपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, सिद्धार्थनगर नगरपालिका उप प्रमुख उमा अधिकारी, एमालेका जिल्ला सदस्यहरु श्री बहादुर रायमाझी, थानेश्वर पौडेल, लक्ष्मी केसी, नगर सचिब उमेश थापा लाटाे मगर, एमालेका नेता जिबलाल अर्याल लगायतका नेताहरु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?