© २०२३
काठमाडौं।
परराष्ट्रमन्त्री आरजु राणा चढेको कतार एयरवेजको जहाज मौसमको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकिएको छैन। खराब मौसम र कम भिजिबिलिटीका कारण विमानको गन्तव्य परिवर्तन गर्नुपरेको छ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिँदै भने, “जहाजले अवतरणको प्रयास गरे पनि सकिनसकेको कारण केही समयपछि भारतको कलकत्तामा डाइभर्ट गरिएको हो।”
राणा स्विट्जरल्यान्डको जेनेभामा २४ देखि २६ फेब्रुअरीसम्म भएको हुमन राइट्स काउन्सिलको बैठकमा सहभागी भएर नेपाल फर्किन लागेकी थिइन्।हालैको मौसम परिवर्तनले गर्दा त्रिभुवन विमानस्थलमा कम दृश्यता भएपछि राणा आएको जहाज कलकत्तामा डाइभर्ट गर्नु परेको हो।