© २०२३
काठमाडौँ।
आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुँदै छ। पाकिस्तानको लाहोरमा आयोजना हुने यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ। अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेपछि पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन्। यससँगै अस्ट्रेलिया बलिङ गर्ने भएको छ।
अस्ट्रेलियाको २ खेलमा ३ अंक छन्, र सेमिफाइनलमा पुग्नका लागि यस खेलमा जित अनिवार्य छ। अस्ट्रेलियाले इंगल्याण्डविरुद्धको खेल जितेको थियो भने दक्षिण अफ्रिकाविरुद्धको खेल वर्षाले रद्ध हुँदा अंक बाँडेको थियो। यस खेलमा हारले अस्ट्रेलियाको सेमिफाइनलको दौड समाप्त हुनेछ भने वर्षाले खेल रद्ध भएमा अन्य खेलको नतिजामा निर्भर रहनुपर्ने छ। जितले अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्याउनेछ।
अफगानिस्तानले पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेपछि दोस्रो खेलमा इंगल्याण्डलाई पराजित गरेर प्रतियोगितामा कमब्याक गरेको थियो। अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउनका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ। यदि अफगानिस्तानले हार बेहोरेमा वा वर्षाले खेल रद्ध भएमा उनीहरूको च्याम्पियन्स ट्रफीबाट बाहिरिनेछ।
अस्ट्रेलिया र अफगानिस्तानबीच हेड टु हेडको कुरा गर्दा, दुवै देशबीच अहिलेसम्म केवल ४ एकदिवसीय खेल भएका छन्, र ती सबै खेल अस्ट्रेलियाले जितेको छ।