ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पाल्पाको वित्तीय प्रगति २० प्रतिशत

१५ फाल्गुन २०८१, बिहीबार
१५ फाल्गुन २०८१, बिहीबार

पाल्पा, १५ फागुन ।

संघीय सरकारको तुलनामा प्रदेश सरकारद्वारा विनियोजित बजेट कार्यान्वयनमा कमजोर देखिएको छ। प्रदेश सरकार महातत्ताका कार्यालयबाट बजेट कार्यान्वयन तर्फ कमजोर हुँदा यस पटक पनि असारे विकासले निरन्तता पाउने लक्षण देखिएको छ।

कोष तथा लेखा नियापकको कार्यालय अनुसार संघीय सरकारको तुलनामा प्रदेश सरकारको बजेट कार्यान्वयनमा कमजोर देखिएको छ। संघीय सरकारबाट पूंजीगत तर्फ २ अर्ब, २९ करोड, ४८ लाख, ५६ हजार मध्ये १ अर्ब, ४२ करोड, २७ लाख ७५ हजार, ९ सय ९२ रूपैयाँ खर्च गरी ६१.९२ प्रतिशत वित्तीय प्रगति गर्दा प्रदेश सरकारका कार्यालय तुलनात्मक रूपमा कमजोर देखिएको छ। असार तथा वर्षा समय हुने विकास र निर्माणका कार्य रोक्नका लागि आर्थिक वर्ष सुरु हुनु भन्दा ४०, ४५ दिन अगाडि बजेट आउँदा पनि विकास र निर्माण तर्फ ६ महिनाको अवधिमा ३४.७ प्रतिशत वित्तीय प्रगति भएको छ।

संघीय तहको कालीगण्डकी करिडोर (गैडाकोटदेखि मालढुङ्गा) खण्डलाई प्राप्त पूंजीगत तर्फ १ अर्ब, २४ करोड मध्य १ अर्ब ९ करोड खर्च गरी ८७ प्रतिशत वित्तीय प्रगति गर्दा डिभिजन सडक कार्यालय जम्मा ३० प्रतिशत वित्तीय प्रगति गरेको छ। सडक कार्यालयलाई प्राप्त ८१ करोड मध्य २५ करोड मात्र खर्च गरेको कोषले जनाएको छ।

प्रदेश तहको खानेपानीको क्षेत्रमा कार्यरत खानेपानी तथा सरसफाईलाई प्राप्त १६ करोड ३८ लाख मध्य हालसम्म ६ करोड २ लाख खर्च गरी वित्तीय प्रगति ३६ प्रतिशत रहेको छ। सडक पूर्वाधार कार्यालयलाई प्राप्त ६८ करोड ३२ लाख मध्य १६ करोड १९ लाख खर्च गरी २३.६२ प्रतिशत वित्तीय प्रगति गरेको प्रमुख कोष नियापक खाती बताउँछन्।

प्रमुख खातीका अनुसार शहरी विकास तथा भवन कार्यालयलाई प्राप्त ३१ करोड २४ लाख मध्य ५ करोड १९ लाख खर्च गरी १६.६१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। ऊर्जा तथा जलश्रोत तथा सिचाई कार्यालयलाई प्राप्त १७ करोड ५० लाख मध्य ३ करोड ४६ लाख खर्च गरी १९.७७ प्रतिशत वित्तीय प्रगति गरेको छ। विकास तथा निर्माणका क्षेत्रमा कार्यरत प्राविधिक तथा कार्यालय प्रमुख र इन्जिनियरहरूको सरुवा हुनु, प्रदेश तहका जनप्रतिनिधिहरूले ५० हजार रूपैयाँसम्मका साना साना योजनाहरू समावेश गर्दा यस्ता योजनाहरू कार्यान्वयन स्थलको पहिचान गर्न महिना दिन भन्दा बढी लाग्नु, ५ लाख भन्दा बढीका योजनालाई ठेक्का तथा टेण्डर प्रक्रियामा जानु पर्ने प्रदेश सरकारको नीति भएका कारण बजेट कार्यान्वयनमा समस्या देखा परेको प्राविधिकहरू बताउँछन्।

स्थानीय सरकारबाट सम्पन्न गर्न सकिने योजना समेत प्रदेश सरकारलाई पन्छाउने, त्यसैमाथि कोटेशनको ठाउँमा टेण्डर प्रक्रियाको नीति प्रदेश सरकारले अवलम्बन गरेकोले गर्दा हो। जनताको अपेक्षाभन्दा पहुँचका आधारमा साना साना टुक्रे योजनाहरू समावेश गर्ने परिपाटी अन्त्य नभए सम्म बजेट कार्यान्वयनमा समस्या देखा पर्ने सडक पूर्वाधारका प्राविधिकहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?