ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

पाल्पाका स्थानीय तहले गरे स्वास्थ्यमा व्यापक आर्थिक अनियमिता

१५ फाल्गुन २०८१, बिहीबार
१५ फाल्गुन २०८१, बिहीबार

पाल्पा, १५ फागुन।

पाल्पाका स्थानीय तहले स्वास्थ्य क्षेत्रमा चरम आर्थिक अनियमितता गरेको पाइएको छ। महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उनीहरूले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो।

यहाँको माथागढी गाउँपालिकाले औषधि खरिद गर्दा राष्ट्रिय पत्रिकामा औषधि उत्पादन कम्पनी र सोको मूल्य राष्ट्रिय स्तरका छापा माध्यममा सूचना प्रकाशन नगरी ३० लाख ५४ हजार २४ को औषधि खरिद गरेको छ। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १९(क) मा २५ लाखसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सक्ने व्यवस्था छ, तर पालिकाले उक्त प्रक्रियाबेगर ठेक्का र सोझै खरिद गरेको हो। उसले खरिद गरेका औषधिको उत्पादन कम्पनी र सोको मूल्य राष्ट्रिय पत्रिकामा समेत प्रकाशन गरेको छैन। आपूर्ति हुने औषधि डब्ल्यूएचओ सर्टिफाइड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई राख्नुपर्ने भए पनि पालिकाले त्यसो नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

यस्तै तानसेन नगरपालिकाले पनि औषधि खरिद तथा वितरणमा १९ लाख ९४ हजार ५ सय ६६ मनलागी खर्च गरेको छ। पालिकाबाट आवश्यक पर्ने औषधि पालिकाबाट खरिद गर्नुपर्ने र तालुक निकायबाट प्राप्त हुने परिणाम यकिन गरी वार्षिक आवश्यकताको परिणाम विवरण तयार गरी पुल सिस्टमको आधारमा आपूर्ति व्यवस्थापन गर्नुपर्ने र आपूर्ति भएका औषधिको म्याद सकिने मिति भण्डार दाखिला समयदेखि कम्तीमा ७५ प्रतिशत वा १८ महिना बाँकी हुनुपर्ने, साथै भण्डारमा दाखिला गर्दा समेत सबै विवरण खुलाउनुपर्ने भए पनि नगरपालिकाले त्यसो नगरी मनलागी खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै आर्थिक वर्ष २०७९/०८० मा पूर्वखोला गाउँपालिकाले सार्वजनिक खरिद नियमावली विपरीत १७ लाख २२ हजार ६ सय ८ बराबरको औषधि खरिद गरेको पाइएको छ। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १९(क) मा २५ लाखसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सक्ने व्यवस्था रहे पनि पालिकाले उक्त प्रक्रियाबेगर ठेक्का र सोझै खरिद गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। पालिकाले आपूर्ति हुने औषधि डब्ल्यूएचओ सर्टिफाइड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विशेषज्ञबाट मुचुल्का उठाई राख्नुपर्ने भए पनि त्यसो गरेको देखिदैन। अर्को तर्फ न्यानो झोला खरिदमा समेत पालिकाले ध्यान दिएको छैन। पालिका भित्रका बर्थिङ सेन्टरका लागि खरिद गरिएका न्यानो झोलाहरू तोकिएको स्पेशिफिकेसन अनुसार गुणस्तर भए नभएको आधिकारिक तहबाट परीक्षण नै गरिएको छैन। सार्वजनिक खरिद ऐन, नियमावली अनुसार तोकिएको स्पेशिफिकेसन अनुसार खरिद गरी सो अनुसार गुणस्तर भए नभएको आधिकारिक तहबाट गुणस्तर परीक्षण गर्नु पर्ने भए पनि पालिकाको भण्डारमा खरिद गरिएका १३६ थान न्यानो झोलाको गुणस्तर परीक्षण नै नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

यस्तै तिनाउ गाउँपालिकाले स्वास्थ्य कार्यक्रम अन्तर्गत नै २ सय ६६ सुनौला हजार दिनका आमाहरुलाई वडास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको सिफारिसमा कुखुराका चल्न वितरण गर्ने भनिए पनि पालिकाले कार्यविधि नै नबनाई ४ लाख ८९ हजार ४ सय ४० रुपैयाँ खर्च गरेको छ। यस्तै औषधि खरिदमा १५ लाख २८ हजार खर्च गरे पनि त्यसको प्राप्त विवरण पालिकाले राखेको छैन। यस्तै निस्दी गाउँपालिकाले पनि आपूर्ति हुने औषधि डब्ल्यूएचओ सर्टिफाइड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विशेषज्ञबाट मुचुल्का उठाई राख्नुपर्ने भए पनि त्यसो नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। न्यानो झोला खरिदमा समेत पालिकाले अनियमिता गरेको छ। उसले पालिकाका ९ वटा बर्थिङ सेन्टरका लागि ४०० थान झोला १६,००० मा खरिद गरे पनि अभिलेखमा ३ सय ६० जना प्रसुति भएको देखिन्छ। यस्तै रम्भा गाउँपालिकाले पनि ऐन विपरीत औषधि खरिदमा १४ लाख ५२ हजार खर्च गरेको छ। रिब्दीकोट गाउँपालिकाले पनि औषधि खरिदमा २४ लाख ६ हजार ऐन विपरीत खर्च गरेको छ। यस्तै रैनादेवी छहरा गाउँपालिकाले पनि औषधि खरिदमा ५० हजार र स्वास्थ्यका कर्मचारी अवलोकन भ्रमणका नाममा १ लाख ५० हजार खर्चेको छ। रामपुर नगरपालिकाले पनि ऐन विपरीत औषधि खरिदमा ३० लाख ७५ हजार खर्च गरेको छ। यस्तै बगनासकाली गाउँपालिकाले पनि २५ लाख २७ हजार ६६ को औषधि खरिद गरेकोमा नियम संगत नगरेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?