ट्रेंडिंग:

>> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

पञ्चेबाजा सीपले हौसिएका आमाहरू

१५ फाल्गुन २०८१, बिहीबार
१५ फाल्गुन २०८१, बिहीबार

बुटवल, १५ माघ ।

बुटवल उपमहानगरपालिका वडा नं. ११, बुद्धनगरकी एमी बगाले सानैबाट नाच्ने गर्छिन्। गाउँघरमा बिहे पूजाआजामा पञ्चेबाजाको धुन बजेपछि उनी नाच्ने गरेको बताउँछिन्। नाच्न मात्र होइन, उनलाई सानैबाट बाजा बजाउन धोको थियो। पञ्चेबाजा बजाउने उनको यो धोको भने अहिले आएर पुरा भएको छ। बुटवल उपमहानगरपालिकाले महिलाहरूलाई स्वरोजगारसँगै संस्कृति जर्गेना गर्ने उद्देश्यका साथ १५ दिने पञ्चेबाजा बाजा बजाउने तालिममा उनी सहभागी भइन्। समूहमा बसेर बाजा बजाउन सिक्दा धेरै रमाइलो भएको उनी बताउँछिन्।

तालिममा कर्नाल बजाउन सिकेकी ६८ वर्षीया निर्मला कुवर अहिले दंग छिन्। सहभागीमध्ये बढी उमेरकी उनी निक्कै राम्रो बाजा बजाउँछिन्। उनी आफनो सिकाइबाट स्याबासी पाउँदा धेरै खुशी छिन्। ‘मलाई ऊर्जा मिलेको छ।’ – उनले भनिन्। बुढेसकालमा बाजा बजाउने सिप सिकेर यसैबाट आयआर्जनमा जोड्ने गरी उपलब्धिमूलक काम भएको उनले बताइन्। १५ दिनमा नगरा, मंगल धुन, नाच्ने धुन लगायत बजाउन सिकेको उनले बताइन्। ‘शुरुमा ताल मिलाउन धेरै कठिन भयो,’– उनले भनिन्। अहिले भने व्यवसायीक बन्ने अठोटका साथ समूह लागेको छ।

प्रशिक्षार्थी ईश्वरा पन्त बश्यालले आमा समूहलाई आयआर्जनमा जोड्ने गरी इतिहास रच्ने काम पालिकाबाट भएको बताइन्। सीपसँगै व्यवसायिक रूपमा अघि बढ्न बाजा सेट नै पाउँदा धेरै खुशी भएको उनले बताइन्। ‘ऊर्जा थप्ने काम भएको छ,’– उनले भनिन्। आगामी दिनमा थप रचनात्मक तालिमहरूको व्यवस्था गर्न समेत आग्रह गरिन्। तालिम केवल बाजा बजाउन सिक्नेमात्र नभई एउटा समाजमा सबै जातजाती र समुदायमा मिलेर बस्ने र व्यवहार गर्ने व्यवहारिक ज्ञान पाएको उनले बताइन्। मौलिक लोक संस्कृति जगेर्ना तथा संस्कृति संरक्षणसँगै बुटवलका गृहिणी महिलाहरूलाई आयआर्जनसँग जोड्ने गरी बुटवल उपमहानगरपालिकाले आफनो स्थापना दिवसको दिनदेखि १५ दिने पञ्चेबाजा बजाउने तालिम दिइएको हो। तालिममा ३० देखि ६५ वर्ष उमेर समूहका महिलाहरू सहनाई, कर्नाल, ढोलकी, ट्याम्को, दमाहा, झ्याली बजाउन सिकेका छन्।

नगरका विभिन्न वडामा रहेका आमा समूहमा आवद्ध ६५ जना महिलाहरूलाई ५ समूह बनाई मुख्य प्रशिक्षक सुरेश सेन्चुरी र प्रशिक्षक अनिल पहारीले तालिम दिएको सामाजिक विकास महाशाखा प्रमुख तथा संयोजक दामोदर ज्ञवालीले बताए। पालिकाबाट गरिएको नयाँ योजना सफल रहेको उनले बताए। समुदायलाई समेटेर प्रभावकारी भएको हुदा आगामी दिन थप ५ वटा आमा समूहलाई तालिम दिने तयारी भएको उनले बताए।

यसैबीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख साबित्रा देवी अर्यालले पाँच वटै समूहलाई मंगलबार नौमति बाजा सेट हस्तान्तरण गरेका छन्।

महिला समूहको माग र चाहना अनुसार चलाइएको यो तालिम प्रभावकारी भएको नगरप्रमुख खेलराज पाण्डेयको दाबी छ। ‘समाज परिवर्तनको अभियानका रूपमा तालिम सफल रहेको छ।’ – उनले भने। घरायसी काममा समय बिताउने गृहिणी महिलाहरू अब आम्दानीमा जोडिने सुनिश्चित भएको उनले बताए। तालिमलाई अवसरका रूपमा लिएर महिला समूह लागेको उनले बताए। महिला स्वावलम्बनका रूपमा तालिम उपलब्धिमूलक भएको उनले बताए। केवल एउटा जाति विशेष नभई सबै जातिका लागि बाजामा सहभागी गराएर लोकसंस्कृति जगेर्ना गर्ने गरी कार्यक्रम गरिएको बताए।

महिलाहरूलाई सीप सिकाएर व्यवसायिक रूपमा आयआर्जन गर्न सक्ने बनाउन तालिम दिइएको उपमेयर साबित्रा देवी अर्यालले बताइन्। महिलाहरूलाई आर्थिक रूपमा सबल र सक्षम बनाउन पहिले सीप जरुरी हुने भन्दै सिकेको कुरा व्यवहारमा लागू गर्न सके आफूहरू सफल हुने बताइन्। सिक्न र पढ्न उमेर बाधा हुँदैन भन्ने उदाहरण दिन आमा समूहका सहभागीहरू सफल भएको भन्दै निरन्तर आत्मनिर्भर बन्न यसले बल पुग्ने उनले दाबी गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?