ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

गोरु पाल्न किसान उत्साहित

१५ फाल्गुन २०८१, बिहीबार
१५ फाल्गुन २०८१, बिहीबार

 पाल्पा,१५ फाल्गुन   । 

रिब्दीकोट गाउपालिका ख्याहका स्थानिय सरकारका प्रतिनिधिहरूले परम्परागत कृषि उपकरणलाई प्रवद्र्धन गरेका छन् । गाउ बस्तीका युवा पुस्ता वैदेशिक रोजगारीमा आर्कषण भएपछि । यहाका कृषि योग्य जमिन खनजोतका लागि मिनी टिलर ट्रक्याक्टरको प्रयोग बढेपनि , जमिनको भूगोल नमिलेका खेतियोग्य जमिन बाझिदै जाने अवस्था आयो । टयाक्टर , मिनी टिलरको समेत प्रयोगमा आउन नसक्ने भएपछि वडा कार्यालयले गोरु पालन गर्न कृषकहरुलाई प्रोत्साहन गर्नलागेको छ ।
पहिला पहिला गोरुले जोत्ने बारी बाझिने अवस्थामा आयो । पुराना पुस्ताहरु हराउदै र अशक्त हुदै गए । नया पुस्ताका नया नया पेशाहरु रोज्दै गए । जब वडा कार्यालयले गोरु पालन गर्नेलाई प्रोत्साहन गर्ने योजना बनायो त्यस पछिका समयमा २९ जना दलित जनजाती समुदाय गोरु पाली हलो जोत्ने काम गर्नको तयार भएको ऋषीराम न्यौपाने बताउछन् ।

पाच सय घर परिवार रहेको यस गाउमा १ सय ५० परिवार दलित , १सय ७०को सख्यामा परिवारको सख्यामा जनजातीको बसोबास रहेको यस गाउमा एक दशक अगाडि बाट गोरु पालन गर्ने, गोरुले हलो जोत्ने काम नै हराउदा खेतिगर्नेको सख्या समेत हराउदै गएको थियो । । पहिला पहिला हुने खानेहरुका घरकाले पालेका गोरु दलित जनजाती समुदायले जोत्ने ,खेति लगाइ दिने प्रचलन थियो । पहिला पहिला जसका घरमा हल गोरु हुन्थ्ये उसैलाई धनि मान्थ्यिो । जसका घरमा गोरु हुदैन थियो उसैका घर बाट आफनो र हाम्रो खेति लगाउने प्रचलन बिस्तारै हराउदै गएपछि गोरु पाल्ने प्रचलन पनि हराउदै गएको स्थानिय तुल्सीराम न्यौपाने बताउछन् । वडा कार्यालयले नया कार्यक्रम अन्तरगत गाउमा गोरु पालन गर्नेलाई प्रोत्साहन गर्न लागेपछि ट्रयाक्टर मिनी ट्रिलर नजाने ठाउमा पनि खेति गर्न लागेको उनी बताउछन् ।

स्थानिय वडा सरकारले गोरु पालन गर्नेलाई प्रोत्साहनको कार्यक्रम ल्याएपछि आफु निकै उत्साहित भएको बताउदै यस पटक धान रोप्ने समयमा छिमेकीको खेत जोती आफुले ४० हजार रुपैया जम्मा गर्न स्थानिय दल विर सुनार बताउछन् । यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको यसले राम्रो रोजगारीको अवसर सृजना गरेको उनी बताउछन् । दिउसोको खाजा ,बेलुकाको खाना खाएर १ हजार रुपैया ज्याला लिने हो । काम भ्याएन भनेर भन्ने कुनै दिन हुदैन त्यसैले यो अत्यन्तै प्रभावकारी भएको उनी बताउछन् ।पहाडको भिरालो जमिनमा गोरुको बिकल्प नै हुदैन । सबै ठाउ टयाक्टर र मिनी टिलर पुग्दैन ।पुगे पनि छेउ कुनामा पुग्दैन । छिटो हुन्छ भन्ने हो गोरुले जोतेको स्थानमा माटो बग्दैन । त्यसैले पनि नया पुस्तामा गोरु पाल्ने लहर चलेको स्थानिय दिवाकर पराजुली बताउछन् ।

आफनो बारी २ दिनमा जोतेर सकियो बाकी समय अरुको होआम्दानी पनि राम्रो हुने गरेको बताउदै धन बहादुर पालु·े भन्दछन् । यो त आफै घरमा परिवार संग बसेर राम्रोआम्दानीको बाटो हो । हलो जोतेरै परिवार पालेको हो । उनीहरु आफनो टोल छिमेक गाउ हुदै उनीहरु हलो जोत्न छिमेकी गाउ अर्गली पनि पुग्ने गर्दछन् । वर्षादको समयमा आफनो गाउमा काम नभएकाले तल्लो गाउ अर्गली फाटमा गोरु लिएर झर्ने हो । आफनो खानाको व्यवस्था संगै गोरुको घासको व्यवस्था अनि आफनो दिनभरको ज्याल १हजार देखि १ हजार ५ सय रुपैया जसको खेत जोत्ने हो उसैको घरबाट भएको तोम बहादुर सार्की बताउछन् ।
माटोको भाडा बनाउने , ज्याला मजदुरी गर्ने कुमाल समुदायको परम्परागत व्यवसाय हो । पहिले पहिले गोरु पाल्ने हलो जोत्ने काम कुमाल समुदायमा अत्यन्तै कम हुन्थ्यो । वडा सरकारले प्रोत्साहनको कार्यक्रममा आफुलाई पनि समावेश गरेपछि आपुले राम्रो कमाई गर्न सफल भएको शिव बहादुरकुमाल बताउछन् । हलो जोतेर परिवारको लागि आवश्यक खर्च जुटाएको अनि छोराछोरीको शिक्षाको लागि खर्चिएको उनी बताउछन् ।

स्थानिय सरकारका प्रतिनिधी तथा वडा सरकारका प्रमुख चिरन्जिवी पोखरेल भन्दछन् । यो कार्यक्रमको उदेस्य कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने आफनो गाउ बस्तीमा रोजगारीको अवसर सिर्जना गर्न र जमिन बाझो नराख्न हो । यो कार्यक्रम जिल्ला मै पहिलो पटक लागु गरिएको हो ।। वडा सरकारले प्रोत्साहन स्वरुप १ हजार ५ सय रुपैया उपलब्ध गराएको हो । यो प्रभावकारी भएको कारण आउने आर्थिक वर्षमा सबै वडाहरुमा लागू हुनेछ । सुन्दा र बोल्दा सामान्य लाग्ला तर यसले ठुलो महिमा र महत्व बोकेको छ । पुराना पुस्ता भए पनि नया पुस्ताले बाहिर कमाई गरे भन्दा यहाका मेहनती हातहरुले धेरै कमाएका छन् । यहा केही पनि कुनै दिन खाली बस्नु परेको छैन् । आउने वर्षहरुमा यो सख्या बढने छ । वडाले कार्य विधी नै तयार गरेको छ । यसैमा टेकेर प्रोत्साहन रकम वितरण गरिएको उनी बताउछन् ।स्थानिय कृषक तथा अगुवा कृषक राम प्रसाद न्यौपने भन्दछन् पहिला पहिला आधुनिकताको नामले गोरुहरु बिस्थापित भए । अवका दिनहरुमा आधुनिक यान्त्रिकरण भन्ने नै हुदैन । समथर भू भाग भएको भू बनोटमा यान्त्रिकरण भएपनि पहाडको भिरालो जमिनमा गोरु नै ठिक हो । गोरुले जोतेरै आफुले मौसमी तथा बेमौसमी तरकारी खेति गरेको उनी बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?