Butwal Today

आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने

१५ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

आजदेखि फागुन १७ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार बिहीबारदेखि विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ।

प्राधिकरणका अनुसार बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो।

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अर्थात् दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ। १५ र १६ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म र १७ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?