ट्रेंडिंग:

>> बर्दघाट एक्सपोको तयारी तीव्र >> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी

राष्ट्रिय भलिबल उपाधि पुलिस क्लबलाई

१५ फाल्गुन २०८१, बिहीबार
१५ फाल्गुन २०८१, बिहीबार

रोल्पा, १५ फागुन ।
रोल्पामा जारी राष्ट्रिय स्तरको भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारको छ । वुधवार रोल्पा सदरमुकाम लिवाङमा सम्पन्न प्रतियोगितामा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै नेपाल प्रहरी क्लव प्रथम भएको हो ।
पुलिस क्लवले आर्मीलाई ३—१ सेटले पराजित गरेको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव द्धितिय र काशी प्रदेश तृतीय भएका थिए । प्रतियोगितामा लुम्विनी प्रदेशले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवको विभागिय टिमका साथै काशी, मद्येश, वागमती, लुम्विनी र कर्णाली प्रदेशका साथै आयोजक संस्थाको समेत ८ वटा टिम वीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सशस्त्र प्रहरीको विगभागीय टिम, गण्डकी र सुदुरपश्चिम प्रदेशलाई समेत निमन्त्रणा गरिएकोमा उनीहरूको सहभागिता रहेको थिएन ।
प्रतियोगितामा विजेता नेपाल पुलिस क्लवले ५ लाख नगद सहित सन–स्टार ट्रफी जितेका छन । उपविजेता त्रिभुवन आर्मी क्वलले २ लाख ५० हजार नगद र तेस्रो हुने कोशी प्रदेशले १ लाख रूपैयाँ जितेका छन । सान्त्वना हुने लुम्विनी प्रदेशले नगद ५० हजार हात पारेको छ । उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डरलगायत विधागत उत्कृष्टलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।फागुन १० देखि १४ गतेसम्म सदरमुकाम लिवाङमा संचालन भएको प्रतियोगिता पूर्व सभामुख कृष्णवहादुर महराले उद्घाटन गरेका थिए । कार्यक्रममा लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्रीद्धय जोखवहादुर महरा र कुलप्रसाद केसी, नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष भरत विक्रम शाह लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
क्लबको १३ औँ वार्षिकोत्सवको अवसरमा सरकारद्वारा राष्ट्रिय खेलको मान्यता प्रदान गरेको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकको भनाई छ । क्लवले करिब १० वर्षअघि पहिलो संस्करणको रूपमा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजना गरेको थियो । यो उसको दोश्रो संस्करण हो ।
सोही अवसरमा जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता समेत आयोजना भएको थियो । रोल्पा दश स्थानीय तहका खेलाडी वीच प्रतिस्पर्धा सो प्रतियोगितामा विजेता टिमलाई ५५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उपविजेता टिमलाई ३५ हजार, तेस्रो हुने टिमलाई १५ हजार र चौंथो हुने टिमलाई १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने नारा दिइएको प्रतियोगिताले जिल्लाको खेलकुद र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेका थिए । यस कार्यक्रमबाट रोल्पाको विभिन्न पर्यटकीय क्षेत्रको प्रचार प्रसार भएको क्लवका अध्यक्ष पूर्ण केसी वताए । खेलकुदले होटल व्यवसाय पनि चलायमान भएको छ केसीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?