© २०२३
काठमाडौँ, १४ फागुन ।
नेपाली सेना दिवसको २६२ औं अवसरमा बुधबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह सम्पन्न भयो। समारोहमा युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको थियो।
यस विशेष अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका उच्च अधिकारीहरूको उपस्थिती रहेको थियो। सेनाले महाशिवरात्रि र सेना दिवसको अवसरमा एक विशेष कला प्रदर्शनी पनि आयोजना गरेको थियो।
राष्ट्रपति पौडेलले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्दै सम्मान प्रकट गरेका थिए। समारोहका क्रममा हेलिकोप्टरबाट राष्ट्रिय झण्डा सहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो।
सैनिक मञ्चमा परेड, शस्त्राभ्यास, तोप बढाइँ र कवाजका साथै सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो।यही अवसरमा जङ्गीअड्डा मातहतका विभिन्न पृतना र बाहिनीहरूले देशभरका विभिन्न स्थानमा समान समारोहहरूको आयोजना गरेका थिए।