Butwal Today

परराष्ट्रमन्त्री राणा र मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता

१४ फाल्गुन २०८१, बुधबार
अ+
अ-

काठमाडौं, १४ फागुन ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच जेनेभामा भेटवार्ता भएको छ। मन्त्री राणाले बुधबार टकसँग भेट गरेकी हुन्। राणा वर्तमानमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा सहभागिता जनाउन जेनेभामा छिन्।

भेटमा, परराष्ट्रमन्त्री राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा विश्वकै उदाहरणीय राष्ट्र भएको उल्लेख गर्दै सीमित स्रोत र साधनका बाबजुद पनि नेपालको प्रतिबद्धता प्रकट गरिन्। उनले नेपालको संविधानले नागरिक स्वतन्त्रता र नागरिकका विभिन्न अधिकारहरूलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको जानकारी दिइन्।

राणाले नेपालको सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी थिइन्। यसैगरी, उनले शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न संक्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी पनि दिइन्। मन्त्री राणाले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने आफ्नो प्रतिबद्धता पनि व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?