Butwal Today

१८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

१४ फाल्गुन २०८१, बुधबार
अ+
अ-

सुर्खेत, १४ फागुन ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ का १८ वर्षीय रोशन पोख्रेललाई रक्त क्यान्सरको पुष्टि भएको छ। उनी हाल कक्षा १२ मा अध्ययनरत छन्।रोशनको उपचार बानेश्वरस्थित सिभिल अस्पतालको बेड नम्बर २३१ मा करिब १५ दिनदेखि भइरहेको छ। गम्भीर रोग लागेका कारण उनका परिवार चिन्तामा छन्। आर्थिक अभावका कारण उनको उपचारमा सहयोगको आवश्यकता परेको छ।

रोशनको परिवार कृषि पेशामा आबद्ध रहेको र आर्थिक अवस्थाले महँगो उपचार खर्च वहन गर्न संघर्ष गरिरहेको छ। डाक्टरका अनुसार, उनलाई अस्पतालमा नै उपचार गर्नुपर्ने भएकाले यो परिवारका लागि अत्यन्तै चुनौतीपूर्ण स्थिति सिर्जना भएको छ।यस कठिन अवस्थामा, बिरामीको जीवन बचाउनका लागि सबैमा आर्थिक सहयोगको अपिल गरिएको छ। तपाईंको सानो सहयोगले रोशनलाई नयाँ जीवनको आशा दिन सक्छ।

सहयोग गर्न सकिने खाताहरू:

  • esewa: 9863505919 (RAM PRASAD POKHREL)
  • Global IME Bank: 31507010008144 (RAM PRASAD POKHREL)
  • Registered Mobile Number: 9810542583

सम्पर्क:
रामप्रसाद पोख्रेल (मोबाइल: 9863505919)

कृपया सकेसम्म यो अपिल धेरै जनासम्म पुर्याइदिनुहोस् र रोशनको उपचारमा सहयोग गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?