ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सन्दर्भ : महाशिवरात्री पर्व अनि शिव चर्चा

१४ फाल्गुन २०८१, बुधबार
१४ फाल्गुन २०८१, बुधबार

सनातन धर्मावलम्बीहरुले अत्यन्तै श्रद्धा अनि भक्तिपूर्वक मनाउदै आएको पावन पर्व हो शिवरात्री अर्थात् भगवान् शिवको अत्यन्तै प्रिय रात्रिको नाम शिवरात्री हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्री भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्त्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जाग्राम सहित विधिपूर्वक व्रत गर्नुपर्ने शास्त्रीय विधान छ । भगवान् शिवको निर्गुण निराकारबाट सगुण साकार रुपमा दिव्य अवतरणको मंगलसूचक रातको नाम नै महाशिवरात्री हो । शिवरात्रीका सम्बन्धमा भनिएको छ ः
फाल्गुने कृष्णपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।
तत्रोपवासं कुर्वाणः प्रसादयति मां ध्रुवम् ।। (शिवपुराण)

अर्थात्; फागुन कृष्ण चतुर्दशीको रात्रि शिवरात्रीका नामले प्रसिद्ध छ । यस दिन उपवास गर्ने साधकले मलाई प्रसन्न तुल्याउँछ । विशेष महत्व र यस्ता अनेक रहस्यको पुन्ज भगवान् शिवमा अनुपम सामञ्जस्य, अद्भुत समन्वय र उत्कृष्ट सद्भावको दर्शन हुन्छ । त्यसैले वहाँको सत्प्रेरणाद्वारा विश्व–कल्याणको महान् कार्यमा प्रवृत्त हुनु मानवमात्रको परम कर्तव्य हो । भगवान् शिव अर्धनारीश्वर भएर पनि कामविजेता हुनुहुन्छ । गृहस्थ भएर पनि परम विरक्त हुनुहुन्छ । विषपान गरेका कारण नीलकण्ठ भएर पनि विषबाट अलिप्त हुनुहुन्छ । ऋद्धि–सिद्धिहरुका मालिक भएर पनि तिनीहरुबाट अलग हुनुहुन्छ । उग्र भएर पनि सौम्य (शान्त) र अकिंचन भैकन पनि सर्वेश्वर हुनुहुन्छ । निधारमा प्रलयकालको अग्नि र शिरमा परम शीतल गंगाजी वहाँको अनुपम शृंगारका रुपमा रहेका छन् । भगवान् शिवको सान्निध्यमा साँढे र सिंह त्यसैगरी मयूर र सर्पले एक–आपसमा रहेको वैरभावलाई सजिलै भुली एकसाथ क्रीडा गर्दछन् । यसले समस्त विरोधी भावहरुको विलक्षण समन्वयको शिक्षा दिने भएकाले विश्वलाई सह–अस्तित्व अपनाउनका लागि राम्रो मार्गनिर्देशन मिल्दछ । यसैगरी वहाँको श्रीविग्रहरूप शिवलिंग ब्रह्माण्ड र निराकार ब्रह्मको प्रतीक भएकोले सर्वपूज्य छ । निराकार ब्रह्मको कुनै रूप, रंग, आकार आदि नभए जस्तै शिवलिंगको पनि छैन । जसरी गणितमा शून्य केहि नभएर पनि सबथोक हुन्छ । जस्तै कुनै अंकको दाहिने भएर शून्यले त्यसको दशगुणा मूल्य गरिदिन्छ । त्यसैगरी शिवलिंगको पूजाबाट भगवान् शिव पनि दाहिने (अनुकूल) भएर मानवमात्रलाई अनन्त सुख–समृद्धि प्रदान गर्नुहुन्छ ।

महाशिवरात्री हिन्दू धर्मका प्रमुख पर्वहरु मध्येको एक हो । यसलाई शिवरात्री पनि भन्ने गरिन्छ । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्री भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले ताण्डव नाच्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका थिए । यसैले यस दिनलाई महाशिवरात्री वा कलरात्री भनिन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् । धतुरो विकार, वैर नफरतको, बेलपत्र गलत आचरणको प्रतिक हुन । जसलाई नै वास्तवमा शिव परमात्मामाथि चढाउनु पर्दछ । साथै आत्माको ज्योति जगाउने जागरण तथा पवित्र रहने व्रतलिनु पर्दछ । शिवरात्री त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अतिप्रियरात्रिलाई शिवरात्री भनिन्छ । शिवरात्रीको दिन शिव आराधनाको विशेष महत्व छ । शिवजीको आराधनामा जति महत्व अभिषेकको हुन्छ, उत्तिनै महत्व महामृत्युंजय मन्त्रको पनि रहेको छ । शिवजीको आराधना महामृत्यंजय मन्त्र बिना अपूर्ण हुने धार्मिक मान्यता पनि रहिआएको छ । हामी भगवान् शिवको चरणमा श्रद्धा अनि भक्तिपूर्वक शिर झुकाउँछौं, जलाभिषेक गर्छौं, बेलको पात चढाउँछौं, धुपवत्ती अनि आरती गर्छौं । र, यो आस्था र विश्वासको बलमा मात्र मानिसले ईश्वर प्राप्त गर्दछ । जुन वस्तुको अशुद्धता वा दोषको कारणले घृणा गरिन्छ, त्यसमा ध्यान नदिई शिवले त्यसलाई धारण गरेर शुभ बनाउँछन् । समुन्द्र मन्थन गर्दा निस्किएको विष पिएर नीलकण्ठ भनेर चिनिन थाल्यो । उसले मन्थनबाट निस्केका अन्य रत्नहरूलाई पनि हेरेन । तिनीहरूले त्यसलाई जित्छन् जसबाट जीवित प्राणीको मृत्यु हुन्छ । त्यसैले उनको नाम मृत्युञ्जय हो । यो शिव तत्वको आधार हो । शिव प्रारम्भ, अन्त्य र मध्यको प्रारम्भिक केन्द्र बिन्दु हो । शिव तत्व ब्रह्माण्डको रहस्य हो, जसले प्रकृति र मानव बीचको भिन्नतालाई हटाउँछ र यसको एकरूपता स्थापना गर्दछ । शिवले ब्रह्माको रूपमा ब्रह्माण्डको सृष्टि गर्नुहुन्छ, विष्णुको रूपमा जीवनलाई प्रवेश गर्नुहुन्छ र शंकरको रूपमा ब्रह्माण्डको अन्त्य गर्नुहुन्छ । त्यसैले शास्त्रमा ब्रह्मा, विष्णु र महेशको एउटै रूपमा प्रकट हुनेलाई शिव भनिएको छ, शिव त्यो परम तत्व हो, जसबाट यो संसारको श्रृष्टि भयो । यो विश्व ब्रह्माण्ड चराचर जीव जगतको बिस्तार भएको छ । यो विश्व ब्रह्माण्ड चराचर जीव जगतको श्रृष्टिका साथै पालन पनि भैरहेको छ भने तिनै शिव तत्वबाटै सारा जगतको लय पनि भैरहेको छ । अर्थात्, संहार भैरहेको छ । त्यसैले तत्वको हिसाबले शिव जगतका परम आत्मा हुनुहुन्छ । सारा जगत उहाँबाटै उत्पन्न हुन्छ, त्यसैमा वृद्धि हुन्छ अनि त्यसैमा लय पनि हुने भएकाले शिव नै जगतको आत्मा हुनुहुन्छ अनि शिवलिङ्ग उनै निराकार परम आत्माका प्रतीक हुन् । देवादिदेव महादेव शिवको बारेमा केही कुरा भन्न खोज्नु वास्तवमा सूर्यलाई दियो देखाउनु जस्तै हुनेछ । तर पनि शिवको अध्ययन, आराधना गर्ने सन्दर्भमा केही कुरा भन्नु पर्दा उहाँ यति व्यापक हुनु हुन्छ कि उहाँको विषयमा हामीले चर्चा गरेर साध्य हुँदैन किनकि उहाँ स्वयम् असाध्य हुनुहुन्छ, अपरम्पार हुनुहुन्छ ।

शिव परम तत्व हो, जीवनदर्शन हो, विज्ञान हो, पूरै परमात्मा हो र मानव जगत परमात्माको अंश हो। यसरी शिवलाई बुझ्यो भने मानिसले आफूलाई बुझ्छ र आफ्नो पूरा जीवन मानव कल्याणमा लगाएर मोक्ष प्राप्त गर्छ। नत्र सदा दुःखी भई आफ्नो जीवन र सन्ततिको जीवनसमेत बर्बाद पार्छ। यसमा कुनै द्विविधा छैन। शिव तत्व ब्रह्माण्डको रहस्य हो, जसले प्रकृति र मानव बीचको भिन्नतालाई हटाउँछ र यसको एकरूपता स्थापना गर्दछ । शिवले ब्रह्माको रूपमा ब्रह्माण्डको सृष्टि गर्नुहुन्छ, विष्णुको रूपमा जीवनलाई प्रवेश गर्नुहुन्छ र शंकरको रूपमा ब्रह्माण्डको अन्त्य गर्नुहुन्छ । त्यसैले शास्त्रमा ब्रह्मा, विष्णु र महेशको एउटै रूपमा प्रकट हुनेलाई शिव भनिएको छ, शिव त्यो परम तत्व हो, जसबाट यो संसारको श्रृष्टि भयो । यो विश्व ब्रह्माण्ड चराचर जीव जगतको बिस्तार भएको छ । यो विश्व ब्रह्माण्ड चराचर जीव जगतको श्रृष्टिका साथै पालन पनि भैरहेको छ भने तिनै शिव तत्वबाटै सारा जगतको लय पनि भैरहेको छ । अर्थात्, संहार भैरहेको छ । त्यसैले तत्वको हिसाबले शिव जगतका परम आत्मा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?