© २०२३
बुटवल, १४ फागुन ।
महाशिवरात्रीको अवसरमा बुटवल उपमहानगरपालिका वडा नम्बर–१५ चम्किपुरमा शिव मन्दिर उद्घाटन गरिएको छ । दुर्गा मन्दिर परिसरमा निर्माण गरिएको नर्वदा शिव मन्दिरको बुधवार एक विशेष कार्यक्रम को आयोजना गरी मन्दिको उद्घाटन गरिएको हो ।
मन्दिरको बुटवल उपमहानगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष रानाले धार्मिक आस्थाले सबैलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताएका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष सिमांगैडाका अनुसार स्थानीयको सहयोगमा मन्दिर निर्माण गरिएको हो । मन्दिर उद्घाटन कार्यक्रममा पुर्व गाउँ विकास समिति अध्यक्ष हरिध्वज मल्ल लगायत, वडा सदस्य सुर्य काफ्ले, कुल प्रसाद लम्साल लगायतको आतिथ्यता रहेको थियो । दुर्गा मन्दिर सचिव मनिष काफ्लेले सबैलाई स्वागत गरेका थिए ।
