Butwal Today

इलामको जस्वीरे चिया उद्योगमा आगलागी, ७ करोडको क्षति

१४ फाल्गुन २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

इलामको जस्वीरे स्थित जस्वीरे चिया प्रशोधन उद्योगमा गएराति ठूलो आगलागी भएको छ। आगलागीका कारण उद्योगका चिया बनाउने मेशिन र स्टोर गरिएको चियासमेतका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

उद्योगका सञ्चालक शरद सुब्बा, जो नेपालका सबैभन्दा उत्कृष्ट ‘टी मेकर’ का रूपमा परिचित छन्, १० वर्षदेखि यो उद्योग सञ्चालन गर्दै आएका थिए। केही महिना अघि काठमाडौँमा भएको ‘नेपाल टी च्यालेन्ज-२०२४’ मा उनले ‘सर्वोत्कृष्ट टी मेकर’ को पुरस्कार प्राप्त गरेका थिए।

उद्योगबाट ३५ भन्दा बढी प्रकारका चिया उत्पादन गरी तेस्रो देशहरूमा निर्यात हुँदै आएको थियो।

आगलागीपछि प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट झन्डै ७ करोड रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने कार्य अहिले भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?