ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्वः मुख्यमन्त्री आचार्य

१४ फाल्गुन २०८१, बुधबार
१४ फाल्गुन २०८१, बुधबार

दाङ–

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व भएको बताएका छन । महाशिवरात्रि पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले मौलिक कला, संस्कृति तथा सम्पदाको संरक्षणका लागि नीति अवलम्बन गरिरहेको बताएका हुन ।

आधुनिकताको प्रभावसँगै पर्वहरू मनाउने शैलीमा परिवर्तन भए पनि त्यसका नाममा विकृति तथा विसंगति फैलिन नदिन सबै पक्ष सचेत रहनुपर्ने उनकाे भनाइ छ । मुख्यमन्त्री आचार्यले आफ्नो सन्देशमा महाशिवरात्रि भगवान् शिवको उत्पत्तिसँग सम्बन्धित पवित्र पर्व रहेको उल्लेख गर्दै यसलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रीमध्ये एक मानिने बताए ।

उनले देशभरका शिवालयहरूमा विशेष आराधना भइरहेको उल्लेख गर्दै लुम्बिनी प्रदेशका धार्मिक मठ, मन्दिर तथा सम्पदाहरूलाई आपसमा जोड्ने पर्यटन सर्किटको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । मुख्यमन्त्री आचार्यले नेपाली भूमि र भगवान् शिवबीचको ऐतिहासिक सम्बन्धलाई उजागर गर्दै नेपाल सदा आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको उल्लेख गरे ।

वैदिक परम्परामा शिवलाई संहारका शक्ति मानिए पनि उहाँमा सौम्य र रौद्र दुवै स्वरूप समाहित रहेको बताउँदै प्रकृतिको सिर्जनात्मक तथा संहारकारी शक्तिलाई समान रूपमा प्रतिनिधित्व गर्ने धारणा व्यक्त गरे । मुख्यमन्त्री आचार्यले महाशिवरात्रि पर्वले सबैलाई आफ्ना आचरण, व्यवहार र चिन्तनलाई सकारात्मक बनाउँदै अगाडि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?