ट्रेंडिंग:

>> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक

पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध

१४ फाल्गुन २०८१, बुधबार
१४ फाल्गुन २०८१, बुधबार

रौतहट।

सारक्षरतामा देशकै पुछारमा रहेको रौतहट जिल्लास्थित एक माध्यामिक विद्यालयमा पठन-पाठन अवरुद्ध गरी धार्मिक प्रवचन दिन थालेपछि विद्यार्थीले विरोध जनाएका छन्।कटहरियाका पूर्वशिक्षकद्वय लक्ष्मीनारायण यादव र रामाश्रेश्राद यादवले कटहरियास्थित श्रीजनता माध्यामिक विद्यालयको कक्षा ११ को पढाइ बन्द गरी करीब दुई घन्टा धार्मिक प्रवचन दिएका थिए।पूर्वशिक्षक यादवद्वयले यौनकाण्डलगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन बिताइरहेका रामपालको बारेमा लगातार कक्षा कोठाभित्र प्रवचन दिएका थिए।उनको प्रवचनको कारण मंगलबार अंग्रेजी र लेखा विषयको पढाइ हुन नसकेको कक्षा ११ मा अध्ययनरत् एक जना विद्यार्थीले बताएका छन्।

यादवद्वयले मंगलबार कक्षा ११ र बुधबार कक्षा १२ लगायतको कक्षामा प्रवचन दिने कार्यक्रम रहेको बताएपछि कक्षा ११ का दुई जना विद्यार्थी इलाका प्रहरी कार्यालय कटहरियामा गएर गुनासो गरेका थिए।सई मुकेशकुमार सिंहलाई भेटेर विद्यार्थीले सो बारे जानकारी गराएपछि सिंहले मावि कटहरियाका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवलाई इलाका प्रहरी कार्यालयमा बोलाएर गुनासो बारे कुरा राखेका थिए।प्रधानाध्यापक यादवले कक्षा ११ मा पढाउने एक जना शिक्षकलाई फोन गरी सम्पूर्ण जानकारी लिएर यस्तो गतिविधिबारे आफूलाई पहिलेदेखि कुनै सूचना नरहेको बताएका थिए।अब यस प्रकारको कुनै गतिविधि विद्यालय अथवा कक्षा कोठाभित्र कसैलाई गर्न नदिन सम्पूर्ण शिक्षकलाई उनले सई सिंहको रोहबरमा निर्देशन दिएका थिए।पछिल्लो समय रौतहटमा अवकाश प्राप्त केही शिक्षकहरू रामपालको अनुयायी बनेर विभिन्न विद्यालयको कक्षा कोठाभित्र प्रवेश गरी पढाइ बन्द गरेर प्रवचन दिने गरेको गुनासो बढ्दै गएको छ।प्रवचनकर्ता अवकाश प्राप्त शिक्षकहरू अग्रज पाको उमेरका मानिस भएको कारणले विद्यालय प्रशासन मौन रहने गरेको कारण विद्यार्थीको पढाइमा असर परिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?