ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

सम्झनालाई जुट्दै उपचार सहयोग

१३ फाल्गुन २०८१, मंगलवार
१३ फाल्गुन २०८१, मंगलवार

बुटवल, १३ फागुन ।
अर्घाखाँचीकी सम्झना नेपालीलाई उपचारका लागि सहयोग जुट्न थालेको छ । ३० वर्षकी सम्झना मृगौला रोगबाट ग्रसित बिरामी हुन् । उनलाई कपिलबस्तुको वाणगंगा नगर पालिका १ का लेखत बहादुर मल्लले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भेटेर ११ हजार ५ सय रुपियाँ आर्थिक सहयोग गरेका छन् ।मल्लले आफ्नो ९४ औं जन्मोत्सवको अवसरमा सहयोग प्रदान गरेको बताए । आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारणले उपचारमा समेत समस्या भइरहेको थियो । बुटवल टुडे दैनिकले माघ २६ गते रोग र गरिबीसँग सम्झनाको लडाइँ शिर्षकमा समाचार छापेसगै सहयोग शुरु भएको छ ।

उनी भन्छिन्–पत्रिकामा सम्झना समाचार पढे पछि उनलाई सहयोग गर्ने मन लाग्यो र मैले बुटवल टुडेको कार्यालयमा सम्पर्क गरेर बिरामीसम्म आईपुगेको हँु । आजभोली बिरामी र सहयोगका नाममा उठेका रकमहरू दुरूपयोग हुने भएकाले आफैले बिरामीलाई भेटेर रकम दिन आवश्यक ठाने र आएको हुँ, उनले भने । । यसरी बिरामी आफैलाई उपचारमा सहयोग गर्न पाउँदा पुन्यको महसुस भएको छ ।

श्रीमती गंगाकुमारी मल्ल र छोरा अमृत मल्लसँगै आएका लेखतले पैसासँगै फलफूल र खाद्यान्न समेत प्रदान गरेका छन् । मल्लका तीन छोरा र तीन छोरी छन् । सामान्य खेती किसानी गरेर जीवन निर्वाह गरेका उनले सरकारले प्रदान गरेको वृद्धभत्ताको रकमलाई सहयोग स्वरूप प्रदान गरेको बताए । मल्लसँगै आएका कान्छा अमृतले वुवाले ९४ वर्ष पुगेको अवसरमा चौरासीको पूजा लगाउन भन्दा वास्तविक दुःखी र गरिबलाई सहयोग गर्ने इच्छा रहेकाले यो सहयोग रकम प्रदान गरेको बताए । यो कुरामा सबै परिवारका सदस्यहरू नै खुशी छन् ।

त्यसैगरी पत्रकार उषाकिरण पन्थले बिरामी सम्झनाको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले ५ हजार सहयोग गर्ने प्रतिबद्धता व्यतिm गरेकी छन् । पन्थ रूपन्देहीको सैनामैना निवासी हुन् उनले लामो समयदेखि बुटवललाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आईरहेकी छन् । सम्झनाले अहिले पनि लुुम्बिनी प्रादेशिक अस्पताल हप्तामा दुई पटक सम्म डायलाइसिस गराईरहेकी छन् । जसका लागि हप्तामा तीन हजार रुपियाँ खर्च लाग्छ ।

असारबाट अहिलेसम्म आईपुग्दा ८ देखि ९ लाख रुपियाँ खर्च भईसक्यो । गाउँका साथी भाईहरूले चन्दा उठाएर ९० हजार रुपियाँ दिनु भएको हो । शुरुमा एक महिना १५ दिन अस्पतालमा नै बसेर उपचार गरेकोे त्यसबेला त्यति रकम खर्च भई सक्यो । उनका श्रीमानले आजभोलि बुटवलमा आफूलै दैनिकी मजदुरी गरेर औषधी र तीन सन्तानका लागि बिहान साँझको छाक टारिरहेका छन् । यो बाध्यताको बीचमा रहेका ती कलिला ३ बालबालिकाहरूको अवस्था अझै दयनिय छ । उनीहरूको शिक्षाको अवस्था अन्योल छ ।
बिरामी सम्झनाले सहयोग रकम पाए पछि खुशी हुदै केहि समय भए पनि आन्नदले उपचार गर्न पाउने भए भन्दै खुशीका आशु झरिन । यसरी नै सहयोगीहरूले सहयोग गर्नु भयो भने केहि समय बाचेर यी कलिला बालबालिकालाई आमा भन्ने अधिकार त दिन सक्थे होला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?