© २०२३
भक्तपुर, १३ फागुन ।
एलटिके आर्ट्स एण्ड स्पोट्र्स एकेडेमी लासा नेपालको आयोजनामा फागुन २३ गते शुक्रबार चितवनमा महाआनन्द महोत्सव २०८१ हुने भएको छ ।विश्वकर्मा भैल प्याखं खल भक्तपुरे मौलिक बाजा, नृत्य र कलाकारहरूसँगको महाआनन्द महोत्सव २०८१ हुने भएको हो ।
महोत्सवका लागि भक्तपुरको च्याम्हासिंहबाट नृत्य टोली त्यहाँ पुग्नेछन् । ४० जना कलाकार र पाँच वटा परम्परागत नृत्यका लागि कलाकारहरूको टोली २२ गते बिहानै च्याम्हासिंहबाट प्रस्थान गर्ने योजना राखिएको छ ।
कार्यक्रममा तीन हजार विद्यार्थीसहित लगभग पाँच हजार दर्शकहरू रहने जनाइएको छ । यस्तो प्रकारको कार्यक्रम चितवनमा पहिलो पटक हुन लागेको जनाइएको छ ।
