© २०२३
बुटवल, १३ फागुन ।
युवा खेलाडी प्रोत्साहन गर्ने गरि रुपन्देहीमा प्रथम सेमलार यु–१६ विद्यालयस्तर बुटवल उपमहानगरपालिका तथा लुम्बिनी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिका संरक्षकत्वमा सेमलार ब्याडमिन्टन क्लबको आयोजनामा फागुनको २३ र २४ गते दुई दिने कार्यक्रम गरिने मंगलबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष पुर्ण प्रकाश थापाले बताए ।
युवा लक्षित गरि यु–१६ मेन्स डबल्स हुने उनले बताए । यसैगरि प्रदेशस्तरीय खुला मेन्स डबल्स, ३० मेन्स डबल्स र ४५ प्लस डबल्स गरि थप तीन विधामा आयोजना हुने उनले बताए । यु–१६ उमेर समुहमा बुटवल नगरपालिका स्तरियका विद्यार्थीहरुका बिचमा प्रतियोगिता हुने उनले बताए ।
प्रतियोगिताको यु १६ तर्फ प्रथम टिमले नगद २० हजार, द्घितियले १५ हजार र तृतिय टिमले नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चुरन थापा मगरले बताए । यसैगरि खुला मेन्स डबल्सतर्फको विजेताले नगद ४१ हजार, दोस्रो टिमले नगद २५ हजार र तृतिय टिमले नगद ७५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि ३० प्लस र ४५ प्लस मेन्स डबल्समा प्रथम, द्घितिय र तृतिय टिमले क्रमश नगद ३५ हजार,२५ हजार र ७५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा १३ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले खेलमार्फत युवाहरुलाई प्लेटर्फम दिने र पर्यटन पर्वद्धनका कार्यक्रम अघि बढाउने गरि गतिविधि भैरहेको बताए । क्लबबाट सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको सचिव ईश्वरी तरामुले बताए । क्लबमा हाल १०५ जना सदस्यहरु आवद्ध रहेका छन ।