© २०२३
भैरहवा, १३ फागुन ।
भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको भर्ना खोल्न नमानेपछि २ विद्यार्थी संगठनले सोमबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन्।
समाजवादी विद्यार्थी युनियन इकाइ इन्चार्ज इरफान अली र राप्रपा विद्यार्थी संगठन इकाइ कमिटी अध्यक्ष सलमान खानद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रथम वर्षको भर्ना खोल्न पटक-पटक सूचना दिने भए पनि क्याम्पस प्रशासनले भर्ना गर्न नमानेपछि तालाबन्दी गरेको बताएका छन्।
क्याम्पस प्रशासनले प्रथम वर्षका विद्यार्थीहरू अध्ययन गरिरहेका तर पैसा नदिएर फर्म नभरेको कारण भर्ना नखुल्दा विद्यार्थीलाई अन्याय भएको समाजवादी विद्यार्थी युनियन इकाई कमिटी अध्यक्ष राकेश कुर्मीले बताए।
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव यही चैत ५ गते सार्वजनिक भएकाले क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको सभाको निर्णय अनुसार यही फागुन १८ गते प्रथम वर्ष बाहेकका सबै वर्षहरूको भर्ना खोलिएको सूचना जारी गरेको छ।
