ट्रेंडिंग:

>> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो

बुटवलमा सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय स्नूकर शुरु

१३ फाल्गुन २०८१, मंगलवार
१३ फाल्गुन २०८१, मंगलवार

बुटवल, १२ फागुन ।
बुटवलमा सर्वाधिक पुरस्कार राशीको प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीप प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।

प्रतियोगिताको सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै बुटवललाई शिक्षा,स्वास्थ्य र खेलकुदको हबको रूपमा विकास गर्ने उदेश्यसहित खेलकुदको क्षेत्रमा करोडौं रकम लगानी गरेको बताए ।

राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुँदा देशभरबाट युवाहरूको सहभागीता हुने भएकोले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने पाण्डेयले विस्वास ब्यक्त गरे ।

खेलकुदमा लगानी गर्नु युवाहरूमा लगानी गर्नु हो भन्दै उनले खेलकुद प्रतियोगिताको माध्यमबाट युवाहरूको मनोभावना बुझ्न सकिने उल्लेख गरे ।

नेपाल विलियर्डस स्नुकर तथा पुल संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीले नेपालको स्नुकर खेलको इतिहासमै बुटवलको प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको भएकाले उल्लेख गर्दै यसले स्नुकर खेलको उचाई थप माथि पु¥याउने बताए ।

बिगतमा राजधानी काठमाडौंमा मात्रै हुदै आएको राष्ट्रिय स्तरको प्रतियोगिता पछिल्लो समय बुटवललगायतका ठाउँमा पनि हुन थालेको भन्दै उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान दिने विश्वास ब्यक्त गरे ।

यस खेलमा महिला खेलाडीहरूलाई पनि सहभागी गराउन जरुरी रहेको बताउदै उनले त्यसका लागि महिलाहरूलाई पहिले तालिमको ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बिगतमा यो खेललाई समाज र प्रहरी प्रशासनले राम्रो नजरले नहेर्ने गरेको स्मरण गर्दै पछिल्लो समय यो खेल प्रति सकारात्मक धारणाको विकास भएको बताए ।

नेपाल बिलियर्डस स्नुकर तथा पुल संघ रूपन्देहीका अध्यक्ष सुजन पुनले रुपन्देही स्नुकर खेलको उर्वरभुमी भएकाले यहां राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा खेलाडीको प्रोत्साहन हुने बताए । उनले नेपालकै सर्वोत्कृष्ट स्नूकर खेलाडी रेगन श्रेष्ठले हालै मात्र बुटवलका श्रीलंकामा सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल भएको स्मरण गर्दै प्रतियोगिताका अवसरमा उनलाई सम्मान गरिने बताए ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बासु प्रधान,महासचिव प्रकाश क्षेत्रीलगायतले सर्वाधिक राशीको प्रतियोगिता बुटवलमा आयोजना हुनु प्रदेशकै गौरवको विषय भएको बताए ।
नेपाल बिलियर्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नुकर क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका प्रमुख शहरबाट १२८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

फागुन २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले बताए । सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने खेल संयोजक शिशिर गुरुङले बताए ।

स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?