Butwal Today

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

१३ फाल्गुन २०८१, मंगलवार
अ+
अ-

काठमाण्डौ –

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त हुनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई नियुक्त गरेको हो ।

प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिश समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो ।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । प्राधिकरणको अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?