© २०२३
काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयमा प्रदान गरिएको छात्रवृत्तिका लागि आवेदन दिनेहरूको संख्या पुग्न नसकेको भन्दै आवेदन दिन आग्रह गरेका छन्। उनले फेसबुकमार्फत खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन सन्देश दिएका छन्।
प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्:
“जानकारीको लागि – शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डरग्र्याजुएट एमबीबीएसमा १ जना, पोस्ट ग्र्याजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसनमा १ जनाको सिट अझै खाली रहेको सूचना पाएको छु। खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटो भन्दा छिटो १-२ दिनभित्र आवेदन दिनुहोला। आवेदन पठाउने ठेगाना: [email protected]”