© २०२३
विराटनगर ।
माओवादी केन्द्रले शुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको कार्यक्रम हुने दिन विद्यालय बन्द गरिदिन दबाब दिएको छ।
मोरङको कानेपोखरीमा फागुन १३ गते मंगलबार माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरू आउने र जागरण सभा गर्ने भन्दै कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय बन्द गर्न माओवादीले पत्र पठाएको हो।
माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पत्र नै पठाएर वरिपरिका विद्यालय बन्द गर्न दबाब दिएका छन्। स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिकामा एकजना पनि जनप्रतिनिधि माओवादीबाट निर्वाचित भएका छैनन्।
सोमबार झापाबाट शुरु भएको माओवादीको यो अभियान आज मोरङमा हुँदैछ भने १५ गते सुनसरीमा गर्ने तालिका रहेको छ। माओवादीले देशभर चैत्र ७ गतेसम्म यो अभियान गर्ने तालिका नै प्रकाशित गरेको छ।