© २०२३
दाङ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ निमाहल नजिकै प्रहरी बिट अगाडि जगत स्टोरको माथिल्लो तलामा रहेको जुत्ता गोदाममा मंगलबार बिहान आगलागी भएको छ।
आगलागीबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ । यादव थापाले संचालन गरेको जुत्ताको गोदामामा बिहान सात बजे तिर विद्युत सट भएर आगलागी भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
स्थानीय टोलबासी, नेपाल प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घोराहीका उपमेयर हुमा डिसी, घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढा र वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको सक्रियतामा आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।